२०८२ असार ४ गते बिहिवार

बुटवलमा दुई मोटरसाइकल ठोक्किँदा बुबा-छोराको मृत्यु

बुटवल,भदौ १५ । रुपन्देहीको बुटवल उपमहानगरपालिका-१३ बेल्वासमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। मृतक बुबा-छोरा रहेको प्रहरीले जनाएको छ।

बुधबार साँझ साढे तीन बजे दुई मोटरसाइकल एक आपसमा ठोकिएको र दुध बोक्ने गाडीले ठक्कर दिँदा बेल्वासमा बस्ने स्थानीय अन्दाजी ४३ वर्षीय शोनु भट्टराई र उनका ६ वर्षीय छोरा निशान भट्टराईको निधन भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरिक्षक ठग बहादुर केसीले जानकारी दिए। मृतक बुबाछोराको पहाड घर अर्घाखाँची हो।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको लु४१प ४१६८ नम्बरको मोटरसाइकल र बुटवल आउँदै गरेको लु४८प ३२४६ नम्बरको मोटरसाइकल एक आपसमा ठोकिएका हुन्। दुर्घटनामा परी दुई जना घाइते भएका छन्।

प्रकाशित मिति : २०७९ भाद्र १५ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *