२०८३ असार २७ गते शनिवार

सानी भेरीमा एउटा शब फेला


दाङ, भदौ १३ । रुकुम पश्चिमको सानी भेरी नदीमा एक पुरुषको शब फेला परेको छ ।

सोमबार बिहान नदी किनारमा फेला परेको शबको पहिचान भइ सकेको छैन ।

आइतबार दिउँसो सानी भेरी गाउँपालिका वडा नं.३ गुमानेका ७० बर्षीय बलजित गुरुङलाई स्थानीय देउता खोलाको बाढीले बगाएको थियो ।

फेला परेको शब गुरुङको हुन सक्ने आशंका गरिएको भएपनि पुष्टि भइ नसकेको रुकुम पश्चिमका प्रहरी प्रबक्ता प्रहरी निरीक्षक राजिब श्रेष्ठले जानकारी दिए ।

देउता खोलाको नजिकै दक्षिणमा सानी भेरी पर्ने हुँदा गुरुङलाई खोलाको बाढीले सानी भेरीमा पु¥याएको आशंकाका साथ प्रहरीले आइतबार दिउँसोदेखि नै खोजी कार्य जारी रोखेको थियो ।

गुमानेबाट पेदीबजार तर्फ जाने क्रममा गुरुङलाई आइतबार दिउँसो देउता खोलाले बगाएर बेपत्ता पारेको थियो ।

प्रकाशित मिति : २०७९ भाद्र १३ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *