२०८१ असार २९ गते शुक्रवार

थारू समुदायले अटवारी पर्व मनाउँदै

दाङ,भदौ १२ । पश्चिम तराईका थारू समुदायले अटवारी पर्व मनाउँदैछन् ।

बाँके, बर्दिया, कैलाली, कञ्चनपुर र दाङमा बसोबास गर्ने थारु समुदायले माघीपछिको ठूलो पर्वका रुपमा अटवारीलाई मनाउने गर्छन् ।

श्रीकृष्ण जन्माअष्टमीपछिको पहिलो आइतवार व्रत बस्ने र सोमवार सकिने गर्छ ।

पर्वको पहिलो रात दरका रुपमा भात माछा चोखो तरिकाले पकाउने र भाले नबास्दै उठेर खाने चलन रहेको थारू संस्कृतिविद् अशोक थारूले बताए ।
त्यस्तै अटवारीको दोस्रो दिन बिहानै नुहाइधुवाइ गरेर तीन, पाँच अथवा सात प्रकारको तरकारी पकाइन्छ ।

परिकार खानुपूर्व आफ्नो खानाबाट आधा भाग झिकेर अलग राख्ने प्रचलन छ । यसरी छुट्याएको परिकार विवाहित छोरीचेलीलाई कोसेलीका रूपमा उपहार दिने गरिन्छ । यो पर्वले दाजुभाइ तथा दिदीबहिनीबीचको सम्बन्धसमेत प्रगाढ हुने विश्वास थारू समुदायमा छ ।

थारू समुदायको यो पर्वका अवसरमा आज सुदूरपश्चिम प्रदेश सरकारले कैलाली, कञ्चनपुरलगायतका जिल्लामा सार्वजनिक बिदा दिएको छ ।

यसअघि भदौ १९ गते आइतवारका दिनलाई बिदा दिएकोमा संशोधन गरी आज दिने निर्णय भएको हो ।

प्रकाशित मिति : २०७९ भाद्र १२ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *