२०८१ साउन ९ गते बुधवार

तीजलाई भड्किलो नबनाउन सुझाब


तुलसीपुर,भदौ ११ । तीजलाई भड्किलो नबनाउन तथा संस्कृतिको नाममा विकृति फैलाउन नहुने एक कार्यक्रमका सहभागीले बताएका छन ।

नेपाल राष्ट्रिय उद्योग ब्यबसाय महासंघले शनिबार तुलसीपुरमा आयोजना गरेको तीज मिलन कार्यक्रममा बोल्ने सहभागीहरुले यस्तो बताएका हुन् ।

दाजुभाइ तथा दिदीबहिनीको पारिवारिक सदभाव र माया प्रेम आदानप्रदान गर्ने तीज पर्वलाई विकृतिको रूपमा नलिन आग्रह गरे ।

नेपाल राष्ट्रिय उद्योग व्यबसाय महासंघ तुलसीपुर नगर कमिटी का अध्यक्ष होताराम आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाल राष्ट्रिय महासंघका केन्द्रीय सदस्य टोप बहादुर घर्तिले एक आपसमा सुमधुर समबन्ध कायम गर्न, महिलाहरुलाई घरमा मात्र सीमित नभएर राजनीतिक आर्थिक क्षेत्रमा पनि सहभागिता गराउनु पर्नेमा जोड दिए ।

त्यस्तै कार्यक्रममा नेकपा एमाले दाङका अध्यक्ष हुकुम बस्नेतले तीजको अवसरमा महिला दीदी बहिनीहरूलाई रिफ्रेश हुने अवसरको रूपमा लिने बताए ।

त्यस्तै तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काले धर्म संस्कृतिको नाममा चाडपर्वहरू हराउँदै गएको भन्दै चिन्ता व्यक्त गरे ।

त्यस अवसरमा नेपाल प्रेस युनियनका केन्द्रिय सदस्य नारायणी रजौरे,नेतृ रित शर्मा , अनेमसंघका जिल्ला सचिव युवा करारा लगाएतले शुभकामना मन्तब्य व्यक्त गरेका थिए ।

महासंघका नगर सचिव सपना बस्नेतको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण महासचिव तुफान बाबु श्रेष्ठले गरेका थिए ।

प्रकाशित मिति : २०७९ भाद्र ११ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *