कपिलवस्तु,भदौ १० । कपिलवस्तुको मायादेवी नगरपालिका वडानम्बर ५ मा अज्ञात समूहको गोली लागि १ जना घाइते भएका छन् ।
गोली लागि मायादेवी ६ का घुरहु पासी घाइते भएका हुन् । महादेवको घरमै गोली चलेको बताइएको छ ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका डीएसपी जेसी शाहले गोली प्रहारबाट घाइते भएका पासीलाई जिल्ला अस्पताल लगिएको छ ।
प्रहरीले थप विवरण बुझ्ने काम भइरहेको बताए ।
प्रकाशित मिति : २०७९ भाद्र १० गते शुक्रवार