२०८२ असार १ गते सोमवार

साततलेमा पहिरो दाङ सल्यान सडक खण्ड अबरुद्ध

दाङ, भदौ १० । साततलेमा झरेको पहिरोका कारण दाङ– सल्यान सडक खण्ड अबरुद्ध भएको छ ।


राप्ती राजमार्ग अन्तरगत तुलसीपुर उपमहानगरपालिका वडा नं.३ साततले नजिकै शुक्रबार बिहान ८ बजेतिर झरेको पहिरो कारण सडक खण्ड अबरुद्ध भएको हो ।


पहिरो पंछाउन र अबरुद्ध सडक सूचारु गराउन डोजर पठाउने तयारी भइरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्लले जानकारी दिए । बाढीका कारण शुक्रबार बिहान तुलसीपुर – घोराही सडक खण्डपनि केही बेर अवरुद्ध भएको थियो ।


तुलसीपुर – ७ स्थित काला खोलामा आएको बाढीका कारण यातायात अबरुद्ध भएको र अहिले पानीको सतह घटेपछि सवारी साधन संचालनमा आएको डिएसपी मल्लले जानकारी दिए ।

लामो खडेरीका बीच दाङमा बर्षा भएको हो । लामो खडेरीका बीच भएको बर्षाका कारण किसान भने खुसी छन् । लामो समय पानी नपर्दा खेतको धान र मकै सुक्ने अवस्थामा पुगिसकेको थियो ।

प्रकाशित मिति : २०७९ भाद्र १० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *