तुलसीपुर, भदौ १०। सरुवा भएर जान थालेको दाङका प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले असल प्रहरी जनताको सेवक हुनुपर्ने बताएका छन् ।
तुलसीपुर उद्योग बाणिज्य संघले बिहीबार आयोजना गरेको ‘फेरी भेटौंला’ कार्यक्रमलाई सम्बोधन गर्दैै एक बर्ष चार महिना दाङको नेतृत्व गरी काज सरुवा भएर काठमाडौं जान थालेका प्रहरी प्रमुख एसपी काफ्लेले असल प्रहरी जहिलै सर्वसाधारण जनताको सेबक हुनुपर्ने बताएका हुन ।
‘ म दाङमा रहँदासम्म आफ्नो जिम्मेवारी र भूमिका निर्वाह गर्न प्रयास गरे,’ उनले भनेका थिए ‘ मैले कति जनपक्षिय काम गरे कति गर्न सकिन त्यो मैले हैन जिल्ला बासीले मूल्याङकन गर्ने कुरा हो ।’
उनले आँफु धेरै हाइफाइ भन्दापनि काममा बिश्वास गर्ने ब्यक्ति भएको हुँदा त्यही अनुरुप काम गर्दा जिल्ला बासीको ठूलो साथ समर्थन पाएको भन्दै धन्यवाद ज्ञापन गरेका थिए ।
‘ म जिल्ला प्रहरी प्रमुख रहँदासम्म यहाँ भए गरेका घटना बारे एउटा मात्रैपनि कुनै घटाना वा मुद्दा पेन्डिङमा राखिन,’ एसपी काफ्लेले भने ‘मैले इमान्दारी पूर्वक कानुको पालना गरि काम गर्ने प्रयास मात्रै गरेको हुँ ।’
उनले त्यो बाहेक आँफु जिल्लामा आएपछि १४ महिनाको अबधिमा एक सय ९५ जना फरार प्रतिबादीलाई पक्राउ गर्न सफल भएको बताएका थिए ।
त्यसबाट गल्ति गर्ने जो कोही ब्यक्ति पनि कानुनी कारबाहीको भागिदार हुन्छ भन्ने सकारात्मक सन्देश समाजमा प्रवाह भएको उनले बताए ।
तुलसीपुर उद्योग बाणिज्य संघका अध्यक्ष रामप्रशाद चालिसेको अध्यक्षतामा भएको कार्यक्रममा संघका महासचिव विनिल केसीले सरुवा भएर आउने नयाँ प्रहरी वा प्रशासनका ब्यक्तिहरुको स्वागत र उनीहरु काज सरुवा भएर जाँदै गर्दा गरेका राम्रा नराम्रा कामहरु बारे समिक्षा गर्न बिगतदेखि नै बाणिज्य संघले कार्यक्रम गर्दै आएको भन्दै यसलाई सबैले सकारात्मक रुपमा लिइ दिन आग्रह गरेका थिए ।
‘ एक बर्षसम्म जिल्लाको नेतृत्व गर्ने प्रहरी प्रशासनका अधिकारीको अनुभव शेरिङ जिल्लाबासीको महत्वपूर्ण हो,’ महासचिव केसीले भने ‘ उहाँहरुले गरेको राम्रो नराम्रो अनुभवले हामी जिल्ला बासीलाई सच्चिएर अगाडि बढ्न तथा उहाँहरुका राम्रा कार्यहरुको अनुशरण गर्न प्ररेणा मिल्ने गर्छ ।’
कार्यक्रमलाई बाणिज्य संघका उपाध्यक्ष ललितजंग शाह, राष्ट्रिय समाचार समितिकी साबिक राप्ती अंचल प्रमुख नारायणी रजौरे, रिपोटर्स क्लव दाङका अध्यक्ष शरद रेग्मी लगाएत उद्योगी ब्यबसायीले सरुवा भएर जान थालेका एसपी काफ्लेलाई थप सफलताको शुभकामना ब्यक्त गरेका थिए ।
तस्बिर : फरककोण ।