तुलसीपुर, भदौ ९। तुलसीपुर नगरजेसीजको जेसीज सप्ताह २०२२ अन्तर्गत जनप्रतिनिधि संग जेसीज कार्यक्रम सम्पन्न भएको छ ।
जनप्रतिनिधि विभिन्न कार्यालयका प्रमुखहरु सहभागी रहेको कार्यक्रममा विकास निर्माण देखि सेवा प्रदायीक संस्थाहरुले दिने सेवा र अव्वस्थीत तुलसीपुर र शान्ति सुरक्षाको सवालमा विभिन्न व्यक्तिहरुले सम्वन्धी निकायलाई प्रश्न र जिज्ञासा राखेका थिए ।
त्यस्तै सहभागीहरुले तुलसीपुर बजारमा फुटफातमा व्यवसायी गर्नेहरु पार्कीङ व्यवस्थीत नहुँदा बजार कुरुप देखिएको भन्दै ध्यानाकर्षण समेत गराएका थिए ।
‘मान्छ्े हिडने पेटीभरी सामान फिजेका हुन्छन , भित्र पसल बाहिर भाडामा फुटफाटमा पसल लगाउन भाडा मा दिएको हुन्छ सहभागीहरुको गुनासो थियो ।
त्यस्तै विद्युत कार्यालय तुलसीपुरका प्रमुखले नगरप्रमुखलाई सडक बतिको रकम कहिले तिर्नुहुन्छ भनेर प्रश्नगरेका थिए । तुलसीपुर नगर जेसीजका अध्यक्ष केशवराज केसीको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काको प्रमुख आतिथयमा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि खड्काले चुनावमा आफुले गरेका बाचा पुरा गर्ने तर्फ लाग्ने बताए ।
उनले सुकुम्वासी समस्या साधान गर्ने देखि अन्य कुराहरु पुरा हुने बताए । त्यस्तै उनले सडकहरु खानेपानी विद्युतका कारणले धेरै ठाउँमा विग्रीएको बताए । त्यस्तै उनले हाम्रो र राम्रो तुलसीपुर बनाउन सवै लाग्नु पर्ने बताए ।
कार्यक्रममा इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख पुष्पराज मल्लले अपराधरहित समाज नहुने भन्दै डिग्रीमा कमवेसी अपराध हुने बताए । उनले सहभागीले सोधे जस्तो असुरक्षीत तुलसीपुर नभएको बताए ।
‘तुलसीपुरमा डराउनु पर्ने आवस्था छैन् केहि शौदर्यता विगारेको जस्तो देखिन्छ हाम्रो तुलसीपुर राम्रो तुलसीपुर बनाउन सवै लागौं उनले भने ।’
त्यस्तै ट्राफिक कार्यालय तुलसीपुरका प्रमुख उत्तमकुमार जिसीले तुलसीपुरमा पार्कीङको अलि समस्या भएको भन्दै ट्राफिक व्यवस्थापन चुस्तदुस्त राखन आफुहरु लागि परेको बताए ।
कार्यक्रम संयोजक सन्दीप भुसालको स्वागत मन्तव्यवाट सुरु भएको कार्यक्रममा आस्थापाठ मेघराज पोख्रेलले गरेका थिए भने सप्ताह कार्यक्रमको वारेमा उपाध्यक्ष चुडामणि शर्माले जानकारी गराएका थिए ।