२०८१ चैत्र १४ गते बिहिवार

दाङमा मिटर व्याज ऋण लिने ४७ पिडितको उजुरी

दाङ,भदौ ९ । सरकारले मिटर व्याज पिडितलाई निवेदन दिन सार्वजनिक सुचना निकालेपछि दाङमा उजुरी दर्ता गर्नेको संख्या बढ्दै गएको छ ।

जिल्लामा करिब दुई साताको अवधिमा ४७ जना मिटर व्याज पिडितले उजुरी दर्ता गराएको जिल्ला प्रशासन कार्यालय दाङले जनाएको छ ।

उजुरीमा उनिहरुले मासिक १३ देखि २० प्रतिशतसम्म व्याज बुझाउने गरेको देखिएको छ । उनिहरुले मोटो व्याजदरमा ऋण ९२ लाखसम्म साँवा लिने गरेको देखिएको जिल्ला प्रशासन कार्यालय दाङले जनाएको छ ।

मोटो व्याजमा ऋण लिने र समयमै बुझाउन नसकेपछि घरबास जाने अवस्था आएपछि पिडितलाई उजुरी दिन सरकारले गत साउन २८ गते सार्वजनिक सुचना जारी गरेको हो ।

प्रशासनका अनुसार जिल्लामा ४७ जना ऋणीले ६ करोड ७ लाखसम्म महंगो व्याज बुझाएको देखिएको छ । मिटर व्याज पिडितमा सबैभन्दा धेरै घोराही उपमहानगरपालिका रहेका छन् ।

घोराहीका ३४ जनाले जिल्ला प्रशासन कार्यालयमा उजुरी दर्ता गरेका छन् । यस्तै राप्ती गाउँपालिका ६, तुलसीपुर र गढवाका ३÷३ र राजपुरका १ जनाले उजुरी दर्ता गराएका छन् ।

मिटर व्याजमा ऋण लिनेमा सबैभन्दा बढी महिला रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी राजनकुमार गौतमले जानकारी दिए।

उनका अनुसार मोटो व्याजमा ऋण लिनेमा महिला ९५ प्रतिशत रहेका छन् । तर पिडितले प्रमाण जुटाउन समस्या रहेको उनले बताए ।

प्रकाशित मिति : २०७९ भाद्र ९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *