२०८१ साउन ६ गते आइतवार

एसपी काफ्लेको काठमाडौं सरुवा,एसपी वली दाङ आउँदै

तुलसीपुर , भदौ ९ । दाङका प्रहरी प्रमुख एसपी सुरेश काफ्लेको सरुवा भएको छ । उनको काठमाडौं स्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान ( पुलिस एकेडेमी) मा सरुवा भएको हो ।


करिब १७ महिना एसपी काफ्ले प्रमुखका रुपमा दाङमा रहँदा उत्कष्ट कार्य संपादन गरेको उनी मातहतका प्रहरी अधिकारी बताउँछन् । ‘उहाँ प्रमुख भएर आएपछि जिल्लामा भएका घटनामा कुनैपनि अपराधि उम्कन पाएन,’ ती प्रहरी अधिकारीले भने ‘जतिपनि घटनाहरु भए तत्कालै प्रहरीले सबै दोषीलाई पक्राउ गर्न सफल भयो । एउटा कुनैपनि घटना पेन्डिङमा छैन ।’


काफ्लेलाई उनले एक सफल र सक्षम अफिसरको संज्ञा दिए । ‘कुनैपनि संस्थामा प्रमुख कतब्र्य निष्ठ र इमान्दार भए काम गर्न बेग्लै मजा हुन्छ,’ उनले थपे ‘उहाँ जत्तिकै अफिसर संग काम गर्दा हामीलाई पनि गर्ब अनुभूत हुने गरेको थियो ।’


अब काफ्लेको ठाउँमा दाङसमेत घर भएका एसपी बीरबहादुर वली सरुवा भएर आउन थालेका छन् । पुर्खेउली घर रुकुम रहेका वली केही बर्ष पहिले बाँकेमा कार्यरत थिए ।

प्रकाशित मिति : २०७९ भाद्र ९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *