२०८२ मङ्सिर २३ गते मङ्गलवार

तुलसीपुरमा ट्रेड युनियनको जिबन सर्मथन गोष्ठी

तुलसीपुर,भदौ ९ । तुलसीपुरमा जिबन सर्मथन गोष्ठी भएको छ । नेपाल टे«ड युनियन कांग्रेस दाङले बुधबार एक कार्यक्रमका बिच उक्त कार्यक्रम गरेको हो ।

नेपाल टे«ड युनियन कांग्रेस दाङका सभापति तिर्थराज न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि नेपाली कांग्रेस दाङका सभापति शकंर प्रसाद डाँगीले मानव जिवनका लागि सिप अपरिहार्य रहेको बताए ।

सिप भएको व्यक्ती जुनसुकै ठाँउमा पुगेर पनि आयआर्जन गर्न सक्छ,सभापति डाँगीले भने,‘त्यसैले आजको युगमा मानव जिवनका लागि सिप अति नै आवश्यक छ ।’

उनले सिपकै कारण बञ्चित भएका व्यक्तीहरुको उत्थानको निम्ती टे«ड युनियनले थालेको कार्य सराहनीय रहेको बताए ।

साथै उनले श्रमिक र किसानमैत्री नीति र कार्यक्रम ल्याउन नेपाली कांग्रेस दाङले पुर्ण रुपमा सहयोग गर्ने प्रतिबद्धता समेत जनाए ।

कार्यक्रममा नेपाल टे«ड युनियन कांग्रेसका केन्द्रिय उपमहासचिव गणेश बहादुर केसीले नेपालमा प्रजातन्त्र आएपछि टे«ड युनियनका गतिविधि अगाडी बढाएको बताए ।

यस संस्थाले नेपालका ९ जिल्लामा अनौपचारिक विद्यालय सञ्चालन गरि १० हजार बढी सडक बालबालिकाहरुलाई पढाइरहेको उनले बताए ।

टे«ड युनियन कांग्रेसले अप्ठ्यारोमा परेका श्रमिक वर्गहरुको उत्थान र उनीहको हक हितका निम्ती आवाज बुलन्द गर्ने कामहरु गरिरहेको बताए ।

त्यस्तै टे«ड युनियन कांग्रेस दाङका पुर्व उपसभापति विष्णुमणी दाहाल,नेािली कांग्रेस दाङका सचिव अर्जुन कुमार योगीले श्रमजिविहरुको जिवनलाई समर्थन गर्न विभिन्न सिपमुलक तालिमहरु प्रदान गर्दै आएको बताए । दाङमा २०२० देखि यो कार्यक्रम सुरु भएको हो ।

उनका अनुसार वितेको २ वर्षमा तुलसीपुर र घोराहीका १५÷१५ जना कृषकहरुलाई पलमिकको तालिम प्रदान गरिएको थियो भने तुलसीपुर १४ मटेरका कृषकहरुलाई बेमौसमी तरकारी खेती तालिम प्रदान गरिएको थियो ।

साथै चालु आथिृक वर्षमा बेमौसमी तरकारी खेती तालिम र अटोमोवाइल तालिम प्रदान गर्ने तयारी रहेको छ ।

त्यस अवसरमा टे«ड युनियन कांग्रेस तुलसीपुरका सभापति लिलाधर खड्का,किसान सघं दाङ क्षेत्र न ३ का सभापति गणेश चौधरी लगाएतले मन्तव्य व्यक्त गरेका थिए ।

नेपाल टे«ड युनियन कांग्रेस दाङका उपभापति इन्द्र चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सहसचिव यज्ञ बहादुर केसीले गरेका थिए ।

४० जना बढीको सहभागीता रेहको एक दिने गोष्ठीमा जिवराज अधिकारीले प्रशिक्षण दिएका थिए ।

प्रकाशित मिति : २०७९ भाद्र ९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *