तुलसीपुर, भदौ ७ । गाडी पुरानो भएपछि बिमाको लोभले साहुले नै आफ्नो टिप्परमा आगजनी गर्न लगाएको तथ्य पत्ता लागेको छ ।
घोराही– लमही सडक खण्ड अन्तरगत घोराही उपमहानगरपालिका वडा नं.३ बबई पुलको पारी पट्टी कुइरेपानी जंगलमा रा १ ख १६९४ नम्बरको टिप्परमा मंगलबार बिहान साढे ४ बजेतिर आगजनी भएको थियो । उक्त टिप्पर बिग्रिएका कारण दुई दिन अगाडि मर्मतका लागि ग्यारेजमा लगिएको थियो ।
गाडी पुरानो भएको र मर्मत गर्न धेरै पैंशा लाग्ने भएपछि बिमाको लोभले घोराही – १८ नवलपुरका गाडी धनी ४० कर्षीय धनेश्वर भण्डारीले चालक ३२ बर्षीय अरुण चौधरी र सहचालक २६ बर्षीय आकाश चौधरीलाई आगो लगाउन निर्देशन दिएको तथ्य खुलेको जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले जानकारी दिए ।
प्रहरीले गाडी धनीसहित तीनै जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटना संकाष्पद देखिना साथ प्रहरीले सुरुमा चालक र सहचालकलाई नियन्त्रणमा लिएको थियो । उनीहरुको बयानका आधारमा भण्डारीलाई प्रहरीले पक्राउ गरेको थियो ।
‘ बन्दको बाहानामा आफ्नै गाडीमा आगो लगाउने र त्यसबाफत आउने बिमा रकम कुम्ल्याउने गलत सोचमा गाडी धनी भण्डारी पुगेको तथ्य खुल्यो,’ एसपी काफ्लेले भने ‘ यसबारे थप अनुसन्धान हुँदै छ ।’
यो पनि हेर्नुहोस । टिप्परमा आगजनी संकाष्पद,चालक र सहचालक पक्राउ