तुलसीपुर, भदौ ७ । तुलसीपुर र घोराहीबाट आठ जना बन्द कर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ । तुलसीपुरबाट संजय, सुर्दशन, हेमन्त र दिपेन्द्रलाई प्रहरीले नियन्त्रणमा लिइएको इलाका प्रंहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्लले जानकारी दिए ।
गाडी सवारी संचालनमा अवरोध गर्ने, चाँवी खोस्ने, धम्काउने जस्ता कार्य गरेको हुँदा उनीहरुलाई नियन्त्रणमा लिनु परेको मल्लले बताए । त्यस्तै घोराहीमा थप चार जना पक्राउ परेका छन् ।
घोराहीको शर्रामा बाटोमा अवरोध राखेर बन्द गरिरहेको अवस्थामा चार जना बन्द कर्तालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी प्रबक्ता डिएसपी राजन गौतमले फरककोणलाई जानकारी दिए । हिमाल केसी, टार्जन वली, खुमन पौडेल र प्रकाश बुढा मगरलाई सवारी साधनमा अवरोध ताथ सडक खण्डमा अवरोध राखेर अवरोध गरेको पाइएको हूँदा नियन्त्रणमा लिनु परेको डिएसपी गौतमले बताए ।
शान्तिपूर्ण रुपमा बन्द सफलपार्न खटिएका आफ्ना कार्यकर्तालाई नियन्त्रणमा लिएर राज्यले दम्भ देखाएको बिप्लव नेकपाका जिल्ला सेक्रेटरी प्रदीप वलीले आरोप लगाए । उनले पक्राउ गरिएकाहरुलाई बिनासर्त रिहा गर्न माग गरे । बन्द सफल पार्न सहयोगका लागि उनले सबैमा आग्रह समेत गरेका थिए ।
मंगलबार नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष नेत्र बिक्रम चन्द (विप्लव) , ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल र नेकपा माओवादी समाजवादीले नेपालबन्दको आह्वान गरेका थिए ।
उनीहरुले जारी गरेको बिज्ञप्तिमा तीन बुँदे राजनीतिक सहमतिका विपरित पार्टीका नेतालाई पक्राउ पूर्जी जारी गरिएको, एमसिसी पास गरेको , भ्रष्टाचार बढेको र महंगी नियन्त्रणमा चासो नदिएको जस्ता कारणहरु देखाउँदै बन्द गर्नु परेको उल्लेख गरेका छन् ।
यो पनि पढ्नुहोस ।
दाङमा बन्दकर्ताले बिहानै गरे सवारीसाधनमा आगजनी,टिप्पर जलेर ध्वस्त

