तुलसीपुर, भदौ ६ । तुलसीपुरका चार युवा बिरुद्ध अपहरण तथा शरिर बन्धक मुद्दा पछि अदालतले पक्राउ पूर्जी जारी गरेको छ ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्लका अनुसार तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ हात्तीखौवाका ३२ बर्षीय घनश्याम पुन मगर, तुलसीपुर–५ का २९ बर्षीय जनक नेपाली, ३३ बर्षीय बम घर्ती मगर र ३४ बर्षीय सञ्तोष वली बिरुद्ध पक्राउ पूर्जी जारी भएको हो ।
उनीहरु मिलेर तुलसीपुर – १२ कपडादेबीका २० बर्षीय अर्जुन पोखरेललाई साउन २६ गते राति रेष्टुँरामा पुगेर कुटपिट गर्नुका साथै बन्धक बनाइ जंगलमा पु¥याएर रातभर कुटपिट गरि लुटपाटसमेत गरेका थिए ।
तुलसीपुर – ६ रजौरास्थित ड्रिम्सल्याण्ड रेष्टुँरामा राति ९ बजेतिर चार जना युवाले पोखरेलमाथि कुटपिट पछि बा ४ च ४८९० नम्बरको जीपमा राखेर तुलसीपुर – अमेलिया जंगल खण्डमा पु¥याएको पीडितको जाहेरीमा उल्लेख छ ।
पीडितले भदौ १ गते दिएको किटानी जाहेरीमा जंगलमा पु¥याएर थप कुटपिट गरि घाँटीमा रहेको दुई तोलाको एउटा सुनको सिर्की, एउटा सुनको औंठी, एउटा घडी र ५० हजार नगद लुटपाट गरेको उल्लेख छ ।
उनीहरु चार जनाले पोखरेलाई ड्रिम्स ल्याण्ड रेष्टुँरा भएकै ठाउँमा राति ३ बजेतिर ल्याएर कारमै छोडेको र पोखरेलका साथीले खोजी गर्ने क्रममा फेला पारी अचेत अवस्थामा अस्पताल पु¥याएको प्रहरीले जानकारी दिएको छ ।
राप्ती प्रादेशिक अस्पतालमा उपचार पछि थप उपचारका लागि बाँकेमा उपचार गरि पोखरेल घर फर्किएपछि प्रहरीमा जाहेरी दिएका थिए ।
आरोपित सबै फरार रहेको र उनीहरुका बिरुद्ध पक्राउ पूर्जी जारी भइसकेको डिएसपी मल्लले जानकारी दिए ।
पोखरेललाई अपहरण गर्दा प्रयोग भएको भनिएको कार प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।