२०८२ असार ६ गते शनिवार

मनोनयन दर्ता गर्नुभन्दा पहिले सांसद नरहेको सुनिश्चितता गर्नुपर्छ – प्रमुख निर्वाचन आयुक्त थपलिया

काठमाण्डौ,भदौ ५ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा मनोनयन दर्ता गर्नुभन्दा पहिले सांसद पदमा नरहेको सुनिश्चितता गर्नुपर्ने बताएका छन ।

ललितपुरमा आज बिहान पत्रकारहरुसँगको अन्तरक्रियामा उनले असोज २ गते मनोनयन दर्ता हुने भएकाले त्यसको अघिल्लो दिनसम्म उम्मेदवारले सांसद पदमा नरहेको सुनिश्चितता गर्नुपर्ने बताएका हुन ।

उनले चुनावको लागि आयोगले आचारसंहिता बनाउने काम थालेको जानकारी पनि दिए ।

पालिका चुनावको बेला आचारसंहिता कार्यान्वयनको अवस्थाको मूल्याङ्कन गर्दै दलहरूको सुझावको आधारमा आचारसंहिता बनाउने उनले बताए ।

थपलियाले यसअघि पालिका चुनावमा केही पत्रकारले नै आचारसंहिता उल्लङ्घन गरेको देखिएकाले यसमा सचेत हुन पनि आग्रह गरे ।

‘जुन मिडियाले आचारसंहिता पालना गर्नुपर्छ भनेर लेख्थ्यो उसैले बढी आचारसंहिता उल्लङ्घन गरेको पनि पाइयो । आचारसंहिता पालना गर्न र गराउन सञ्चार माध्यमको ठूलो भूमिका हुन्छ’ थपलियाले भने ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले चुनावका लागि सरकारबाट सुरक्षाको प्रत्याभूति खोजेको बताए । उनले अबको चुनावमा कुनै पनि मतदान केन्द्रमा दोहोरिएर मतदान नहुने गरी सुरक्षा व्यवस्था बलियो बनाउन सरकारलाई आग्रह गरिएको जानकारी दिए ।

जहाँ घटना हुन्छ, त्यहीँ कारबाही गर्न सरकारसँग आग्रह गरिएको उनको भनाइ छ ।

पत्रकारसँगको अन्तरक्रिया कार्यक्रममा थपलियाले चुनावमा सामाजिक सञ्जालको प्रयोगमा ध्यान दिनुपर्ने बताए ।

सामाजिक सञ्जालको प्रयोगलाई रोक्न नसकिए पनि त्यसको नकारात्मक पक्षमा भने ध्यान दिनुपर्ने उनको भनाइ छ ।

प्रकाशित मिति : २०७९ भाद्र ५ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *