२०८२ असार ५ गते शुक्रवार

आजको प्रतिनिधि सभाको बैठक स्थगित

काठमाण्डौ,भदौ ५ । आजका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक स्थगित भएको छ ।

दिउँसो १ बजेका लागि बोलाइएको बैठक प्रतिनिधि सभा सदस्य एवम् कांग्रेस नेता प्रदीप गिरिको निधनका कारण स्थगित भएको हो ।

नेपाली कांग्रेसको आग्रहमा आजको बैठक स्थगित गरिएको हो । प्रतिनिधि सभाको अर्को बैठक भोलि दिउँसो १ बजे बस्ने संसद् सचिवालयले जनाएको छ ।

नेता गिरिको गएराति साढे ९ बजे मेडिसिटी अस्पतालमा निधन भएको हो । उनको आजै अन्त्येष्टि गर्ने तयारी छ ।

प्रकाशित मिति : २०७९ भाद्र ५ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *