तुलसीपुर, भदौ २ । ‘हनी ट्रयापमा’ पार्ने खोजेको अभियोगमा नारायणपुरका चार महिलासहित पाँच जना पक्राउ परेका छन् । थप दुई जना युवा फरार छन् ।
पक्राउ पर्नेमा रोल्पाको परिवर्तन गाउँपालिका वडा नं. ५ घर भइ हाल घोराहीमा बस्दै आएका ४० बर्षीय दिलिपकुमार वली, दाङको घोराही उपमहानगरपालिका वडा नं. १० नारायणपुरकी ३२ बर्षीया पबित्रा डाँगी, ३२ बर्षीया बिमला डाँगी, २९ बर्षीया शान्ता नेपाली र २२ बर्षीया सर्मिला नेपाली रहेका छन् ।
नारायणपुरका अजय बुढाथोकी र लोकेन्द्र मगर फरार रहेका छन् । उनीहरुको खोजी भइरहेको जिल्ला प्रहरी प्रबक्ता डिएसपी राजन गौतमले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय घोराही दाङमा बिहीबार पत्रकार सम्मेलन गरि पक्राउ परेकाहरुलाई सार्वजनिक गरिएको थियो ।
दिलिपकुमार वली र नारायणपुरमा सुन पसल गर्ने दिनेश घर्ती मगर साथी हुन ।
घर्तीले आफ्नो सुन पसल बेचेपछि वलीको मनमा पाप पलाउँछ ।
दिलिपले दिनेशको पैंशा कसरी फुत्काउने भन्ने बारे स्थानीय शान्ता नेपाली र पबित्रा डाँगी छलफल गर्छन । बिमला डाँगीपनि पछि मिसाइन्छिन ।
साउन २६ गते रातिको घटना हुनु भन्दा एक महिला अगाडि उनीहरु सबै जना शान्ता नेपालीको घरमा बसेर सोही बिशषयमा छलफल गर्छन ।
शान्ताकी नन्द पर्ने श्रीमान संग सम्बन्ध बिग्रिएर एक्लै बस्दै आएकी सर्मिला भिनने २२ बर्षीया पर्मिला नेपालीलाई प्रयोग गर्ने उनीहरुले योजना बनाउँछन ।
योजना अनुसार पर्मिलालाई सुनको तिरहरी दिएर दिनेशको पसलमा बेच्न पठाउँछन । चिनजान गर्न र फोन नम्बरपनि मागेर ल्याउन भन्छन् ।
त्यसपछि पर्मिलाले दिनेशलाई फोन गर्न थाल्छिन । उनीहरुका बीचमा बाक्लै फोन र भेटघाट हुन थाल्छ । होटेलमा गएर खाजा नास्ता खाने गर्न थाल्छन् ।
अब पबित्रा डाँगीको घरमा पाँच जना बसेर थप योजना बनाउँछन । योजना अनुसार पर्मिला एक महिना अगाडि पबित्राको घरमा कोठा भाडामा बस्न थालिसकेकी हुन्छिन ।
पबित्राले आफ्ना साथीहरु अजय बुढाथोकी र लोकेन्द्र मगरलाई पनि योजनामा जोड्नु पर्ने प्रस्ताब राख्छिन ।
अब सातै जना साउन २६ गते पबित्रा कै घरमा बसेर योजना बनाउँछन् ।
पर्मिलाले दिनेशलाई एक्लै छु भनेर सोही दिन राति आफ्नै कोठामा बोलाउने । उनी आएको सूचना शान्तालाई म्यासेज मार्फत दिने । शान्ताले अन्य सबैलाई जानकारी गराउने । त्यसपछि सबै गएर उनीहरुलाई समाप्ने र पैंशाको बार्गेनिङ गर्ने । आएको पैंशा सबैले बाँड्ने ।
राति ११ बज उनीहरु सबै सबै पर्मिलाको कोठाको हान्न पुग्छन् । ढोका खोल्नासाथ दिनेशमाथि उनीहरुले कुटपिट गर्छन ।
आफ्नो नामको घडेरी पर्मिलाको नाममा पास गरिदिन दबाब दिन्छन् । तत्कालै घडेरी पास गर्न संभव नभएको तथ्य दिनेशले बुझाउँछन् ।
उनीहरुले दिनेशलाई साउन २७ गते बिहान घोराही उपमहानगरपालिका वडा नं. १३ बडहरा स्थित एकान्त स्थल इट्टा भट्टा नजिक पु¥याउँछन् ।
उनीहरुले दिनेश संग एक लाख नगद रकम माग गर्छन । दिनेशले आफ्नो भतिजालाई फोन गरि एक लाख नगद र बैंकका चेकहरु मगाउँछन् । उनीहरुले सुरुमा एक लाख नगद र त्यसुपछि दूई ÷ दुई लाखका दुई वटा चेक माग्छन् ।
तेस्रो पटक सात लाख २० हजारको अर्कौ चेकपनि दिनेशलाई काट्न बाध्य पार्छन । नगद एक लाखसमेत १२ लाख २० हजारको चेक उनीहरुले फुत्काइ सकेपछि मात्रै दिनेशलाई मुक्त गर्छन ।
दिनेशले घटनाबारे प्रहरीलाई सूचना दिन्छन् ।
लिखित जाहेरी दिन्छन् ।
साउन २७ गते दिलिप, शान्ता, पबित्रा, बिमला र पर्मिला पाँचलाई प्रहरीले नियन्त्रणमा लिन्छ । प्रहरीले उनीहरुका बिरुद्ध अपराधिक लाभ कसुर मुद्दा शिर्षकमा मुद्दा चलाएर कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाएको छ ।
जिल्ला अदालत दाङबाट उनीहरुलाई सात दिन थुनामा राखेर घटना अनुसन्धान गर्न म्याद थप भएको छ ।
नगद एक लाख र सबै चेक राख्ने अजय र लोकेन्द्र फरार छन् ।