२०८१ चैत्र ४ गते सोमवार

कर्मचारी समायोजनसम्बन्धी मुद्दाको निर्णय आइतवार

काठमाण्डौ,भदौ २ । सर्वोच्च अदालतले कर्मचारी समायोजनसम्बन्धी मुद्दाको फैसला आउँदो आइतवार सुनाउने भएको छ ।

कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, बमकुमार श्रेष्ठ र टङ्कबहादुर मोक्तानको हिजो बसेको संवैधानिक इजलासले निर्णय सुनाउने मिति आइतवारलाई सारेको हो ।

सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलका अनुसार सुनुवाइका लागि समय अपुग भएपछि आइतवारका लागि निर्णय सुनाउने मिति तय भएको हो ।

कर्मचारी समायोजनसम्बन्धी ९९ थान रिट निवेदनमा गएको साउन १७ गते नै सुनुवाइ सकेर फैसलाका लागि हिजोको मिति तोकिएको थियो ।

यो मुद्दामा फैसला नहुँदा सङ्घ, प्रदेश र पालिकामा कर्मचारी समायोजन अन्योलमा परेको छ । सर्वोच्चले अन्तिम फैसला नसुनाउँदा लोकसेवा आयोगले निजामती सेवाका एक हजारभन्दा बढी पदमा तीन वर्षदेखि पदपूर्ति गर्न सकेको छैन ।

अदालतले एउटै प्रकृतिको मुद्दामा फरक–फरक आदेश दिएका कारण समायोजन प्रक्रिया, कर्मचारी पदपूर्ति र खटनपटनमा अन्योल छ । कर्मचारी व्यवस्थापन सङ्घीयतापछिको मुख्य चुनौतीका रूपमा देखा परेको छ ।

सङ्घ, प्रदेश र पालिकामा दरबन्दी अनुसारका कर्मचारी पर्याप्त नहुँदा सङ्घीयताको मर्म अनुसार काम हुन नसकेको जनप्रतिनिधिले गुनासो गर्दै आएका छन् ।

प्रकाशित मिति : २०७९ भाद्र २ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *