दाङ,भदौ १ । सल्यानमा एउटा पाटे बाघलाई नियन्त्रणमा लिएर बाँके पठाइएको छ । जिल्लाको कालीमाटी गाउँपालिका वडा नं.७ बाट प्राबिधिक टोलीले डार्ट गरि बाघ नियन्त्रणमा लिएको थियो ।
प्रहरी, नेपाली सेना र डिभिजन वन कार्यालयको टोलीले बुधबार बिहान पाटेबाघ नियन्त्रणमा लिएपछि बाँके राष्ट्रिय निकुञ्जमा पठाइएको जिल्ला प्रहरी प्रमुख डिएसपी सुमित खड्काले जानकारी दिए ।
स्थानीय तुल्सी कुमारी घर्तीको गोठमा बाँधेका दूई गोरु बिहान ६ बजेतिर बाघले मारेपछि प्रहरीलाई सूचना दिइएको थियो ।
घर्तीको थप अर्कौ गोरु बाघको आक्रमणबाट घाइते भएको छ ।
बाघ नियन्त्रणका लागि बर्दिया राष्ट्रिय निकुञ्ज सुरक्षार्थ देवीदत्त गणको नेपाली सेना, प्राविधिकको टोलीसहित १९ जना घटिएका थिए ।
घर्तीको गोठदेखि दुई सय मिटर पश्चिममा रहेको बाँसघारीमा आराम गरि बसिरहेको उक्त बाघलाई डार्ट गरि नियन्त्रणमा लिइएको थियो । बाघलाई बाँके राष्ट्रिय निकुञ्जमा पठाइएको डिएसपी खड्काले बताए ।