२०८१ चैत्र ३ गते आइतवार

रोल्पामा अरिङ्गालले चिलेर एक जनाको मृत्यु

रोल्पा,साउन ३१ । अरिङ्गालले चिलेर रोल्पामा एक जनाको मृत्यु भएको छ ।

रोल्पा नगरपालिका–१० का ५४ वर्षीय जयबहादुर बुढा मगरको अरिङ्गालले चिलेर मृत्यु भएको हो ।

हिजो बेलुका घर नजिकै जङ्गलमा अरिङ्गाल पोल्ने क्रममा अरिङ्गालले शरीरको विभिन्न भागमा चिल्दा उनी घाइते भएका थिए ।

उनको रोल्पा अस्पताल रेउघामा उपचारका क्रममा गए राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।

प्रकाशित मिति : २०७९ साउन ३१ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *