२०८२ असार १ गते सोमवार

रुपन्देहीको ओमसतियामा गोली चल्दा एक जना घाइते

बुटवल,साउन ३०। रुपन्देहीको ओमसतियामा एक युवकमाथि गोली प्रहार भएको छ ।

अज्ञात समूहले चलाएको गोली लागेर सिद्धार्थनगर नगरपालिका १ बेलहियाका अन्दाजी २५ वर्षीय विकास गुरुङ घाइते भएका छन् ।

नम्बर नखुलेको पल्सर मोटरसाइकलमा सवार तीन जनाको समूहले मोटरसाइकलमै सवार गुरुङमाथि ओमसतिया-४ बसन्तपुरमा आइतबार राति पौने १२ बजेतिर एक राउण्ड गोली हानेका प्रहरीले जनाएको छ ।


पेटको बायाँतर्फ गोली लागेका गुरुङको युनिभर्सल मेडिकल कलेज भैरहवामा उपचार भइरहेको र अवस्था खतरामुक्त रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

उक्त घटनाको आधा घण्टा अगाडि रोहिणी गाउँपालिका १ बाइपासस्थित सिद्धर्थ कटेजमा अज्ञात समूहले पेस्तोल देखाएर २ तोला सुन र केही नगद लुटेको थियो ।

गुरुङमाथि गोली प्रहार गर्ने समूह सोही लुटपाटमा संलग्न व्यक्ति हुन् वा होइनन् भन्ने यकिन भइनसकेको र गोली प्रहार गर्ने समुहको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७९ साउन ३० गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *