२०८२ असार १ गते सोमवार

प्युठानमा जीप दुर्घटना दिदी बिहिनी र चालकको मृत्यु

१३ जनाको उपचार जारी



दाङ, साउन २९ । प्यूठानमा भएको जीप दुर्घटनामा परि तीन जनाको मृत्यु भएको छ । थप १३ जना घाइतेको उपचार जारी छ । दुई जना उपचार पछि घर फर्किएका छन् ।

दुर्घटनामा परि नौबहिनी गाउँपालिका वडा नं. ५ की ७ वर्षीया करुणा बुढा, उनकी २५ दिनकी बहिनी चेतना बुढा र सोही ठाउँका जीप चालक २५ वर्षीय लुकेश थापाको मृत्यु भएको छ ।

जिलला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक सत्य नारायण थापाले दिदी बहिनीको अस्पताल लैजाँदै गर्दा बाटोमा र चालकको उपचारको क्रममा जिल्ला अस्पताल बिजुवारमा मृत्यु भएको जानकारी दिए ।

दिदी बहिनीका आमा बुवापनि घाइते छन् । आमा २५ बर्षीया रेमसरा बुढा र बुवा २८ बर्षीय हुमबहादुर बुढापनि घाइते भएका छन् ।

उनीहरुको अवस्था मध्यम रहेको तथा जिल्ला अस्पताल बिजुवारमै उपचार भइरहेको छ ।

नौं बहिनी ५ कै दुई गम्भीर घाइते ३० बर्षीय दलबहादुर खत्री र २८ बर्षीय मिनराज राना क्षत्रीलाई थप उपचारका लागि बुटवल पठाइएको छ ।

घाइते मध्य १८ बर्षीय धनबहादुर थापा मगर र १८ बर्षीया लक्ष्मी घर्ती मगर उपचार पछि घर फर्किएका छन् ।

अन्य घाइतेहरुको बिजुवारमै उपचार भइरहेको डिएसपी थापाले बताए ।

आइतबार बुलुकी ५ बजेतिर जिल्लाको बाग्दुलाबाट डार्मीतर्फ जाँदै गरेको लु १ ज १५४५ नम्बरको जीप नौबहिनी – ६ बहाने बजार नजिकै दुर्घटनामा परेको थियो ।

डिएसपी थापाका अनुसार स्टेरिङले काम नगरेपछि जीप दुर्घटनामा परेको आशंका भइरहेको छ । जीप झन्डै ३० मिटर तल खसेको छ ।

प्रकाशित मिति : २०७९ साउन २९ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *