२०८१ असार ३० गते शनिवार

दल दर्ता गर्न तीन दिन बाँकी

काठमाडौं,साउन २९ । आगामी मंसिर ४ गते हुने संघीय र प्रदेश सभा निर्वाचनका लागि दल दर्ता गर्ने समय तीन दिन मात्रै बाँकी रहेको छ ।

निर्वाचन आयोगले निमार्ण गरेको कार्यतालिका अनुसार अब ३ दिन मात्रै बाँकी रहेको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

‘यस बिचमा ४० राजनीतिक दल दर्ता भएका छन’ पौडेलले भने ।

निर्वाचन आयोगमा निर्वाचन प्रयोजनका लागि सबैभन्दा पहिला सिके राउत नेतृत्वको जनमत पार्टी दर्ता भएको थियो ।

प्रकाशित मिति : २०७९ साउन २९ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *