२०८१ साउन ५ गते शनिवार

एउटा दूर्घटना,जहाँ छोरा बुहारी र पुरोहितसहितले मुद्दा खेप्नु परिरहेको छ…

दाङ, साउन २९ । दाङको घोराही उपमहानगरपालिका वडा नं.२ रामपुरकी ७७ बर्षीया हरिकला भण्डारी रा १ ह ५१७० अटोबाट ओर्लिदै गर्दा लडिन । यो घटना असार १४ गते मध्यान्ह १२ बजेतिरको थियो । अटो स्थानीय २८ बर्षीय मुक्तान चौधरीले चलाइ रहेका थिए । घाइते भण्डारीलाई अटो धनीसमेत रहेका चौधरीले घोराहीस्थित राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचाका लागि पु¥याए ।


भण्डारीको उपचार घोराहीमा संभव भएन । घोराहीबाट बाँकेको रिफर गरियो । भण्डारीलाई नेपालगञ्जमा भेन्टिलेटरमा राखेर उपचारको प्रयास भयो । कुनै सुधार आएन । सुधारको संभावनापनि देखिएन । चिकित्सकले नै भण्डारीको अन्तिम अवस्था भइ सकेको र घर लैजान सल्लाह दिए । घर परिवारले त्यसै गरे ।


असार १५ गते घर तर्फ ल्याउँदै गर्दा भण्डारीको घोराही आइपुग्दासाथ बाटोमै मृत्यु भयो । त्यो दिन अलि अबेर भइसकेको थियो । असार १६ गते स्थानीय घाटमा भण्डारीको अन्तिम संस्कार भयो । साउन १ गते कसैले प्रहरीलाई सवारी दुर्घटनामा मृत्यु भएकी भण्डारीको अन्तेष्टि गुपचुपमा गरिएको सूचना दिए ।


त्यसपछि बल्ल प्रहरी घटना अनुसन्धानमा लाग्छ । रामपुरका ५१ बर्षीय चुडामणि पुन मगरले उक्त दिन आँफुले अटो चलाएको प्रहरी समक्ष वयान दिन्छन् । प्रहरीले मगरलाई नियन्त्रणमा लिन्छ । जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर घटना अनुसन्धानलाई थप अगाडि बढाउँछ ।


अनुसन्धानका क्रममा मगरले आँफुले अटो नचालाएको बयान दिन्छन् । चौधरी नै अटो चालक भएको स्वीकार तथ्य खोल्छन् । चौधरीको लाइसेन्स नभएको हुँदा उनकै आग्रहमा आँफुले घटना स्वीकार गरेको मगरले बताउँछन् । आर्थिक प्रलोभनका कारण सजाय थोरै हुन्छ भनेर आँफुले झुट बोलेको तथ्य मगरले खोल्छन् । त्यसपछि प्रहरीले चौधरीलाई पनि नियन्त्रणमा लिन्छ ।


सवारी दुर्घटनामा भाइते भइ यात्रुको मृत्यु भइसकेको अबस्थामा सवारी ज्यान मुद्दा आकर्षित हुने गर्छ । त्यसैले प्रहरीले घटना लुकाउन खोजेको मिसिल प्रतिबेदन तयार पार्दै मुद्दाको उठान ग¥यो । सरकारी वकिलको कार्यालय मार्फत दुर्घटनाका घाइतेको गुपचुपमा भएको अन्तिम संस्कारमा संलग्न मुख्य पात्रहरुको पहिचान ग¥यो ।


प्रहरीले मृत भण्डारीका छोरा, बुहारी र पुरोहितसहित १२ जनालाई प्रतिबादी बनाइ सरकारी वकिलको कार्यालयमा प्रतिबेदन बुझायो । मृतक भण्डारीका छोरा यमराज भण्डारी, बुहारी कमला, छोरा बुद्धिराम, पुरोहित चन्द्रप्रकाश सुबेदी, स्थानीयहरु दामोदर रिजाल, बिष्णु रिजाल, शरद भण्डारी, राजु चौधरी, श्रीराम घर्ती, मदन भण्डारी बिरुद्ध जिल्ला अदालतमा मुद्दा चलिरहेको छ ।

उनीहरु सबैले जिम्मा जमानतमा तारेख बोकिरहेका छन् । कानुनी प्रक्रियामा ख्याल नगर्दा एकातिर आमा,आफन्त तथा छिमेकी गुमाएको पीडा छ भने अर्कौ तर्फ उल्टै तारिख बोक्नु पर्ने स्थिति यहाँ सृजना भएको देखिन्छ ।


प्रहरीले अटोचालक चुडामणि पुन मगरका बिरुद्ध प्रमाण दबाउन सहयोगी भूमिका खेलेको मतियारको मुद्दा चलेको छ ।
अर्का अटो चालक चालक मुक्तान चौधरी बिरुद्ध सवारी ऐन अन्तरगत मुद्दा अदालतमा बिचाराधिन छ । यी दुबै चालक प्रहरी हिरासतमा छन् ।

प्रकाशित मिति : २०७९ साउन २९ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *