२०८२ असार ५ गते शुक्रवार

दाङमा पौडी खेल्ने क्रममा डुबेर एक जनाको मृत्यु

दाङ,साउन २९ । दाङमा अर्जुन खोला र मसोट खोलाको दोभानमा पौडी खेल्ने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ ।

शनिवार साथीहरुसँग नुहाउन दोभानमा पुगेका घोराही उपमहानगरपालिका – २ रामपुर बुकाका २६ वर्षीय निराजन पोखरेलको पानीमा डुबेर मृत्यु भएको अर्जुन खोलाका डीएसपी नवीन बुढाथोकीले जानकारी दिए ।

दिउँसो नुहाउने क्रममा मानिस डुबेको सूचना पाए लगत्तै डीएसपी बुढाथोकीको नेतृत्वमा १९ जनाको टोली खटिएको थियो ।

खोज तलास गर्ने क्रममा पोखरेलको शव खोँचमा अड्किएको अवस्थामा फेला परेको थियो ।

निराजन आफ्ना अन्य २ जना साथीसहित पौडी खेल्न पुगेका बताइएको छ ।

प्रकाशित मिति : २०७९ साउन २९ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *