२०८१ साउन ९ गते बुधवार

शान्ति समाजको दाङ सभापतिमा नविन पोख्रेल निर्वाचित



तुलसीपुर, साउन २९ । मानव अधिकार तथा शान्ति समाज दाङ शाखाको सभापति नविन पोखरेल निर्वाचित भएका छन् ।

शनिबार तुलसीपुर उद्योग वाणिज्य संघमा भएको निर्वाचनबाट नेपाली काँग्रेस निकट पोखरेल निर्वाचित भएका हुन । पोखरेलले ३७ मत प्राप्त गरि निर्वाचित भएका हुन ।

उनका प्रतिष्पर्धी बिप्लव नेतृत्वको नेकपाकी निर्मला डिसी योगीले ३० मत प्राप्त गरेकी थिइन । एक सय तीन कुल मतदाता मध्य ७३ मत खसेको थियो ।

सर्वसम्मत रुपमा नेतृत्व चयन गर्ने प्रयास संभव नभएपछि सभापति र सचिव पदमा मात्रै निर्वाचन भएको थियो ।

सचिव पदमा पनि काँग्रेस निकटकै अमितप्रशाद शर्मा निर्वाचित भएका छन् । उनले ४२ मत प्राप्त गरेका थिए ।

उनकी प्रष्पिर्धी बिप्लव प्यानकै उषा गौतमले जम्मा २४ मत प्राप्त गरेको निर्वाचन अधिकृत मोहन धितालले जानकारी दिए ।

शान्ति समाजमा निर्वाचन मार्फत नेतृत्व चयन भएको यो बिरलै घटना हो । काँग्रेस निकटका उम्मेदवारलाई काँग्रेस महाधिवेशन प्रतिनिधि, समाजिक अभियान्ता तथा तुलसीपुर उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष बिमल रिजालको टिमको साथ सर्मथन रहेको थियो ।

तस्बिर :फरककोण ।

प्रकाशित मिति : २०७९ साउन २९ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *