२०८१ साउन ९ गते बुधवार

कर्भड हल हस्तान्तरण

तुलसीपुर,साउन २८ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १ मा रहेको मदन भण्डारी रङ्गशालामा निर्मित कर्भड हल र सटर हस्तान्तरण गरिएको छ ।

भ्यूडहर सोनपुर मावि विव्यस अध्यक्ष टेकलाल आचार्यको अध्यक्षता एवम नगरप्रमुख टीकाराम खड्काको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

कार्यक्रममा प्रमुख अतिथि खड्काले रङ्गशालामा विस्तृत विवरण प्रतिवेदन अनुसार संरचना निर्माण गर्दै जाने बताए । उनले पालिकाले अघि सारेको एक वडा एक खेल मैदान कार्यक्रमलाई निरन्तरता दिदै खेल संरचना र खेलाडी प्रशिक्षणमा समेत विशेषरुपमा ध्यान दिइने बताए ।

कार्यक्रममा शिक्षा शाखा प्रमुख चक्रबहादुर भण्डारी बहुउद्देश्यीय खेल मैदानकारुपमा विकास गर्नुपर्ने बताए ।

वडा नम्बर १ अध्यक्ष हुमकान्त सापकोटा खेल क्षेत्रमा विस्तृत परियोजना विवरणमा उल्लेख भएबमोजिम कर्भट हल निर्माण भएको र अब फुटबल मैदान व्यवस्थित बनाउनका लागि वडा सरकार तयार रहेको बताए ।

कुमार निर्माण सेवाले ६६ लाखको लागतमा कर्भड हल निर्माण गरेको हो ।

खेल मैदान संरक्षणको जिम्मा वडा सरकारको रहेको छ भने आम्दानी विद्यालयले प्राप्त गर्नेछ । त्यस्तै व्यवसायिक सटर समेत निर्माण गरिएको छ ।

प्रकाशित मिति : २०७९ साउन २८ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *