२०८१ चैत्र ३ गते आइतवार

धर्मेन्द्र बास्तोलाका बाँके संयोजक शाही पक्राउ

दाङ, साउन २८ । कोहलपुरमा खानेपानी अध्यक्षलाई कालोमोसो दलेको आरोपमा एक ब्यक्ति पक्राउ परेका छन् ।

जिल्लाको बैजनाथ गाउँपालिका वडा नं. १ चिसापानीका ४५ बर्षीय कृष्णबहादुर शाही पक्राउ परेका छन् ।

शाही धर्मेन्द्र बास्तोला निकट नेपाल कम्युनिष्ट पार्टी बहुमतका बाँके जिल्ला संयोजक रहेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी एनबहादुर मल्लले जानकारी दिए ।

शाहीसहित पाँच जनाको समुहले साउन २३ गते दिउँसो कार्यकक्षमै गएर कोहलपुर साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष नरबहादुर मल्ललाई कालोमोसो दलेर फरार भएका थिए ।

शाहीलाई शुक्रबार पक्राउ परेपनि अरु चार जना अझैं फरार रहेको डिएसपी मल्लले जानकारी दिए ।

कालोमोसो पछि जारी गरिएको बिज्ञप्तिमा आर्थिक अनियमितता गरेको, समयमै खानेपानीको निर्वाचन नगरेको जस्ता आरोप लगाइएको भएपनि मागेको चन्दा नदिएको हुँदा उनीहरुले त्यसो गरेको तथ्य खुलेको डिएसपी मल्लले बताए ।

प्रकाशित मिति : २०७९ साउन २८ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *