२०८१ चैत्र ४ गते सोमवार

अन्तरास्ट्रिय युवा दिवस: तुलसीपुरमा उद्यमशिलता र साइबर क्राईमबारे अभिमुखिकरण

तुलसीपुर,साउन २५ । अन्तरास्ट्रिय युवा दिवसको अवसरमा तुलसीपुरमा अभिमुखिकरण कार्यक्रम गरिएको छ ।

अन्तर पुस्ताको एक्यवद्धता,सवै उमेर समुहमैत्री विश्व निर्माणमा साझा प्रतिबद्धता भने नाराको साथ सेन्टर माबि तुलसीपुरमा साइबर क्राईम सम्बन्धि अभिमुखिकरण कार्यक्रम गरिएको हाे ।

नगर स्तरिय युवा संजालका अध्यक्ष गणेश भण्डारीकाे अध्यक्षता तथा उपप्रमुख स्यानी चौधरीकाे प्रमुख आतिथ्यमा कार्यक्रम भएको हाे ।

साे अवसरमा ६ नम्बर वडा अध्यक्ष बर्सात भणडारी, प्रमुख प्रशिक्षक इलाका प्रहरी कार्यालयका प्रहरी सहायक निरिक्षक रेशम बिसि,कार्यपालिका सदस्य लक्षमण बिस्वकर्मा, शिक्षा युवा खेल्कुद महशाखाका अधिकृत मन बहादुर खड्का लगायतकाे सहभागीता रहेको थियो ।

नगर युवा संजालकाे आयाेजना र शिक्षा युवा खेल्कुद महाशाखा ,महिला बालबालिका शाखा ,ग्रीन फाउन्डेसन नेपाल ,जिल्ला युवा समिती ,दिदिधर,रानी केककाे सहकार्यमा भएको कार्यक्रममा २०० जना युवाहरु सहभागी थिए ।

कार्यक्रमकाे सन्चालन संजालका सचीव प्रेरणा परियारले गरेकी थिईन्।

यस्तै तुलसीपुर उपमहानगरकाे सभा हलमा उद्यमशिलता सम्बन्धि अभिमुखिकरण र संबाद कार्यक्रम भएको छ ।

उद्दमसिलताको प्रशिक्षकहरुमा निबर्तमान नगर प्रमुख घनश्याम पाण्डे, लक्ष्मी बैंकका म्यानेजर शरोज चौधरी, जिल्ला युवा समितीका अध्यक्ष सुरेश कुमार रावत रहेका थिए ।

कार्यक्रमकाे सन्चालन ग्रीन फाउन्डेसन नेपालका कोषाध्यक्ष खुम प्रसाद गरेका थिए ।

प्रकाशित मिति : २०७९ साउन २५ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *