२०८१ बैशाख २३ गते आइतवार

सरुवा भएर जान थालेका दूई डिएसपीको बिदाई,दिए दाङबासीलाई धन्यबाद

शरद रेग्मी, दाङ,साउन,२४ । दाङ जिल्लामा कार्यरत दुईजना प्रहरी नायब उपरीक्षकको बिदाई गरिएको छ ।

तुलसीपुर उद्योग बणिज्य संघको नेतृत्वमा मंगलबार बिभिन्न सामाजिक संघ सस्थाहरुले दुई जना डिएसपी संग फेरि भेटौला कार्यक्रम आयोजना गरी बिदाई कार्यक्रम गरेका हुन ।

जिल्ला प्रहरी प्रबक्ता डिएसपी मुकुन्द रिजाल र इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी प्रमुख श्यामु अर्याललाई त्यसअबसरमा राम्रो कार्य गरेको भन्दै प्रशंसा पत्र समेत प्रदान गरिएको थियो ।

तुलसीपुर उधोग बाणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसेको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै सरुवा भएर अर्घाखाँची जिल्ला जान लागेका डिएसपी रिजालले जिल्लमा रहँदा सबै क्षेत्रबाट सहयोग प्राप्त भएको भन्दै जिल्लाबासीलाई धन्यबाद ज्ञापन गरेका थिए ।

त्यस्तै डिएसपी अर्यालले पश्चिम दाङको शान्ति सुरक्षा कायम गर्दा सबै क्षेत्रबाट महत्वपूर्ण सहयोग प्राप्त भएको भन्दै सबैमा धन्यवाद ज्ञापन गरेका थिए ।

डिएसपी अर्यालको जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा सरुवा भएको छ ।

कार्यक्रममा बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष मिनराज भण्डारी,उपाध्यक्ष ललितजग शाह,सामुदायिक सेवा केन्द्रकी अध्यक्ष नारायणी रजौरे लगायतकाले शुभकामना मनतब्य ब्यक्त गरेका थिए ।

कार्यक्रमको सहजीकरण महासचिब बिनिल केसीले गरेका थिए ।

प्रकाशित मिति : २०७९ साउन २४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *