दाङ,फागुन ७ । नेपाली काँग्रेसका नेता एवं प्रदेश नं.५का सांसद डिल्लीबहादुर चौधरीले कुनैपनि हालतमा बुटवल प्रेदश राजधानी हुनै नसक्ने बताएका छन् । दाङको तुलसीपुरमा मंगलवार प्रदेश टुडे राष्ट्रिय दैनिकको प्रथम बार्षिक उत्सव कार्यक्रमलाई सम्वोधन गर्दै ५ नं. प्रदेशका लेखासमितिका सभापति समेत रहेका चौधरीले बुटवल राजधानी हुनै नसक्ने जिकिर गरेका हुन । ‘बालकृष्ण दाइले अरु पाँच वटा आन्दोलन गरेपनि कुनैपनि हालतमा बुटवल स्थायी राजधानी हुनै सक्दैन,’सांसद चौधरीले भने ‘अहिले भइरहेको गृहकार्य त्यही हो ।’
प्रदेशको स्थायी राजधानीकोका सवालमा हाल तीव्र धुव्रिकरण भइरहेको बताएका सांसद चौधरीले त्यो सवालमा पश्चिम पार्टी र पूर्व पार्टी मात्रै रहेको तर्क गरे । ‘राजधानीको सवालमा हाल काँग्रेस, नेकपा भन्ने केही छैन,’ सांसद चौधरीले भने ‘दाङका पक्षधर पश्चिम पार्टी र बुटवलका पक्षधर पूर्वी पार्टी जस्ता भएका छौं।’ सार्वजनिक मिडियामा हाल भइरहेको गृहकार्य वारे धेरै नबोल्ने बताएका काँग्रेस नेता समेत रहेका सांसद चौधरीले आन्दोलन तथा जुलुस निकाल्दैमा राजधानी नपाइने बताए ।
कार्यक्रमलाई सम्वोधन गर्दै तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेले पनि दाङलाई स्थायी राजधानी बनाउन राम्रो प्रयास भइरहेको उल्लेख गरे । ‘दाङ संभावनाको नजिक पुगिसकेको खवर मैले पनि प्राप्त गरेको छु,’मेयर पाण्डेले भने,’ तर,त्यसका लागि जिल्लामा रहेका सबै राजनीतिक दल, संघ संस्था एक हुन आवश्यक छ।’ अन्य बक्ताहरुले पनि आवश्यक्ताको आधारमा प्रदेशको स्थायी राजधानी बनाउनु पर्ने धारणा व्यक्त गरेका थिए । कार्यक्रमलाई सम्वोधन गर्दै नेपाल पत्रकार महासंघ दाङ शाखा अध्यक्ष सविन प्रियासनले पनि दाङलाई स्थायी राजधानी बनाउन एकतावद्ध भएर मिडियाले निर्णायक भूमिका निर्वाह गर्नुपर्ने बताए ।
मिडिया जनताको आँखा बन्नुपर्छ
फरक प्रशंगमा कार्यक्रमलाई सम्वोधन गर्ने अन्य बक्ताहरुले मिडिया जनताको आँखा बन्नु पर्ने तर्क गरेका छन् । शान्ति नगर गाउँपालिकाका अध्यक्ष कमानसिंह डाँगीले मिडिया हाउस जनताको ऐना भएको हुँदा जनताको पक्षमा समाचार प्रस्तुत गर्न आग्रह गरे । पत्रकारलाई निर्भिकताका साथ देखेको कुरा सत्यताका साथ प्रस्तुत गर्न उनको आग्रह छ ।
अध्यक्ष डाँगीले पत्रकारिता शहर केन्द्रित मात्रै हुन नहुने भन्दै गाउँ घर र कुना कन्दरामा गएर समाचार संकलन गर्न आग्रह गरेका छन् । त्यस्तै कार्यक्रमलाई सम्वोधन गर्दै नेपाली काँग्रेसका प्रतिनिधि सुुरेन्द्र खड्काले मिडिया लोकतन्त्रको खम्वा भएको हुँदा जहिले त्यसका विरुद्ध हुने गतिविधिमा चनाखो भएर खवरदारी गर्न आग्रह गरे ।
सूचना भ्रमपूर्ण र त्रुटिपूर्ण हुन नहुने उनले बताए । तयस्तै मानव अधिकार तथा शान्ति समाजका महासचिव सुशिल बस्नेतले एउटा इमान्दार पत्रकार आस्था र गुट उपगुट बाट माथि उठेर सत्य तथ्य समाचार पस्कनुपर्ने बताए ।
Dang ko bhalubang hola
Dang ko jun sukai thauma hos rajdhani dang ma hunu parxa
दाङ
जिल्ला को लागि
धन्यवाद
दाङ हो भने पनि हुन्छ
राजधानी को सम्भाबना भनेको भुबनोट देखि लिएर सबै कुरामा पोक्त ठाउ भनेकै दाङ्ग हो ।।
नेताको भर हुदैन दाङ जादा दाङ राजधानी हुनुपर्छ भन्ने बुटवलमा जांदा बुटवलमा हुनुपर्छ भन्ने त होला नि
Dangko Bhalubangko aspasma bhayama Sabailai utam Ra payak parnethiyo.
हो हो डिल्ली जी,बुटवलमा राजधानी भएन भने, दाङ नै हुन्छ।
पुर्ब र पश्चिम ताना तान नगराैं,भगवान बुध्दकाे राजधानि कपिलबस्तुलाई नै सबैले समर्थन गरि याे मुद्दाकाे टुङगाे लगाउं ,यसाे भएमा पुर्ब र पश्चिम सबैलाई पायक पर्छ है न र ?
Dang rajdhani yak dam thaki xa kinaki sabbi lai payak parni thau vaney ko nai dang nai ho dang ko belghundi ma hunu parxa jasto lagxa mero bichar ma