२०८१ जेष्ठ ६ गते आइतवार

दाङमा करेन्ट लागेर एक जनाको मृत्यु

तुलसीपुर, साउन २२ । दाङमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।

आइतबार अपराह्न साढे ४ बजे दंगीशरण गाउँपालिका–६ श्रीगाउँमा एक पुरूषलाई करेन्ट लाग्दा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए।

गोरखा आरूघाट घर भई दाङमा मिस्त्रीको काम गर्दै आएका २७ वर्षीय कृष्णबहादुर विकको मृत्यु भएको हो।

उनी श्रीगाउँस्थित प्राथमिक स्वास्थ्य केन्द्र बागरको बन्दै गरेको नयाँ भवनको इलेक्ट्रोनिक काम गरिरहेका थिए। त्यहाँ मार्बल चिल्लो बनाउने काम भइरहेको थियो।

त्यसक्रममा उनलाई करेन्ट लागेको थियो। करेन्ट लागेर उनी गम्भीर घाइते भएको अर्यालले बताए।

घाइते भएका उनको उपचारको लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा पठाइएको थियो। त्यहाँ उनको उपचारको क्रममा साँझ ६ बजे मृयु भएको प्रहरीले जनाएको छ।

घटनाको थप अनुसन्धान भइरहेको छ।

प्रकाशित मिति : २०७९ साउन २३ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *