तुलसीपुर, साउन २३ । तुलसीपुर उपमहागनरपालिका वडा नं. १७ जमेहरीकी दिलकुमारी चौधरीलाई केही दिन अगाडि दिउँसो सुतेर उठ्नेबेला एक्कासी आँखा दुख्यो । आँखा दुखे पछि उनी नजिकै रहेको स्थानीय मेडिकलमा गएर आँफ्नो आँखा चेक जाँच गराउँछिन ।
चेकजाँच गराए पछि घरमा जानछिन र मेडिकलबाट ल्याएको औषधी प्रयोग गर्छिन । प्रयोग गरेको तीन दिनसम्म पनि आँखा ठिक नभएपछि उनी उपचारको अर्को विकल्प खोज्न राप्ती आँखा अस्पतालमा श्रीमानको साथमा आउछिन ।
कोर्निया विषेशज्ञ डा. ज्योति सापकोटालाई आँखा चेकजाँच गराउछिन । उनको आँखा अल्सरले खराब गरिसकेको थियो ।
आँखा उपचारको लागि कोर्नियामा कुन जिबाणुको कारणले गर्दा उनको आँखा खराब भएको हो ? सो पत्ता लगाउन आवश्यक थियो ।
त्यसैले राप्ती आँखा अस्पतालको अत्याधुनिक (ल्याब) प्रयोगसालामा कोर्नियामा भएको अल्सरको कल्चर गर्न पठाइन्छ । प्रयोगशालामा २४ घण्टाको ल्याब कल्चरले कुन जीबाणु हो ? पत्ता लगाउदैन । पत्ता नलगाए पछि फेरि ७२ घण्टाको ल्याब कल्चरबाट जाँच गरेर रोग पत्ता लागेको ल्याब इन्चार्ज (विएमएलटी) सन्तोष शर्मा बताए ।
पछि पत्ता लगाउने क्रममा चौधरीको आँखामा फंगल जातको– (ढुशी) जिबाणुले शंक्रमण गरेको उनले जानकारी दिए ।
विरामीको आँखा उपचारको लागि यो ढुशी जातको किटाणु थाहा पाए पछि आँखाको सबै कालो नानी (कोर्निया) धैरै खराब भएर कुहिएको अबस्थाले गर्दा आँखा बचाउनको लागि आँखाको नानी (कोर्निया) प्रत्यारोपन गरेर आँखाको डल्लोलाई बचाउन सकिने डाक्टरको सल्लाह अनुसार विरामीलाई सोही अनुसार सल्लाह सुझाब दिएर उपचारलाई अघि बढ्यो ।
कोर्निया –(आँखाको नानी) प्रत्यारोपनको लागि अस्पतालमा आँखा बैंक नभएका कारणले नेपाल आँखा बैंक काठमाण्डौबाट हवाईजहाज मार्फत राप्ती आँखा अस्पताल रक्षाचौर दाङमा कोर्निया (आँखाको नानी) मगाएर विरामीको कोर्निया सफल प्रत्यारोपन गरियो ।
करिव ४५ मिनेटको सफल शल्यक्रिया नेत्र विषेशज्ञ डा. ज्योति सापकोटाको टिममा नेत्र सहायक सपना गौतमको सहयोगमा बिरामीलाई सेवा उपल्बध गराए ।
अप्रेसन गरेको आँखामा १६ वटा टाँका प्रयोग गरिएको डा. ज्योतिले बताए । उपचार पछि विरामीको आँखा अहिले ठिक छ । यो एउटा विग्रेको आँखाको नानी र आँखाको डल्लो बचाउनको लागि गरिएको एक सफल प्रत्यारोपन थियो ।
अप्रेसन पछि चौधरीको जीवनमा खुसीहरुको बाहार आयो ।
त्यो अप्रेसन नगरेको भए विरामीको आँखा फूट्ने खतरा उत्पन्न हुन सक्थ्यो । जस्ले गर्दा आँखा नै निकालेर फाल्नु पर्ने अबस्था आउन सक्थ्यो । समयमा र नजिकैको अस्पताल पुग्दा चौधरीले नयाँ जीवन पाइन । रक्षाचौरमै कोर्निया रोग सम्बन्धि डाक्टर उपलब्ध हुनुले चौधरी उपचारका लागि जिल्लाबाहिर जानु परेन । उनको समय मात्रै हैन खर्चपनि धेरै बच्यो ।
डा . ज्योति भन्छन् ‘ यो ( टिपिके ) सर्जरी आँखाको नानी प्रत्यारोपन त्यस्ता विरामीहरुलाई गरिन्छ जुन विरामीको आँखाको नानीमा अल्सर , घाउ , फूटेको आँखा हुन्छ र त्यो औषधी आँखामा राखेर औषधीले काम नगर्ने वा निको नहुने भइ सकेको खण्डमा विरामीको आँखाको नानी फेरेर उपचार गरिन्छ ।’
यस्तो अप्रेसन पछि ५ प्रतिसत जिबाणु फेरि पनि दोहरीने सम्भाबना भने कायमै रहने डा. सापकोटा बताउँछन् ।
यस्तो उपचार पछि आँखाको जाँच गराउन पटक ÷ पटक आँखा अस्पतालमा जानु पर्ने हुन्छ । अहिले सम्म राप्ती आँखा अस्पतालमा तीन जनाको यो कोर्निया प्रत्यारोपन भएको छ । आफ्नो आँखााको सफल अप्रेसन गरि आफूलाई नयाँ दृष्टि र जीवन प्रदान गरेकोमा दिलकुमारी चौधरी आज मख्ख छिन ।
‘ आज म मात्रै हैन मेरो घर परिवारका सबै सदस्यहरु पनि धेरै खुसी छन,’ दिलकुमारीले भनिन् ‘ यस्तो उपचार यहाँ नभएको भए खर्चका कारण उपचार गर्न हामीलाई कठिन हुने थियो ।’
राप्ती आँखा अस्पताका डाक्टर र उनीहरुले लगाएको गुण प्रति उनी धैरै आभारी थिइन । आफ्नो आँखाको अप्रेसन गर्ने डाक्टरलाई उनले धन्यबाद दिइन ।
‘ ५५ वर्षीय चौधरीका साथमा अस्पताल उपचारका लागि ताउराम चौधरीले खुशी हुदै भने,’– हामी जस्ता गरिव दुःखी तथा विपन्न बर्गले यति सजिलै आफ्नै ठाउँमा उपचार पाउनु जस्तो जीवनको खुसी अरु के हुन सक्छ ।’