२०८१ साउन ९ गते बुधवार

त्रिवेणी र कपुरकोटमा सञ्जाल गठन

सल्यान, साउन २३ । सल्यानको त्रिवेणी र कपुरकोट गाउँपालिकामा सामुदायिक संस्थाहरुको सञ्जाल गठन गरिएको छ ।

सुशासनमा नागरिक सहभागिता कार्यक्रम अन्तर्गत सञ्जाल गठन गरिएको हो । दुबै गाउँपालिकामा सञ्जाल गठन संगै सामुदायिक संस्थाका सदस्यहरुलाई अभिमुखिकरण समेत गरिएको कपुरकोट गाउँपालिकाका सामुदायीक सहजकर्ता विष्णुप्रसाद गौतमले जानकारी दिए ।

आइतबार कपुरकोटमा आयोजित कार्यक्रमबाट चन्द्रमणी खड्का अध्यक्ष रहेको १३ सदस्यीय समाज जनजागरण केन्द्र गठन गरिएको हो ।

जसको उपाध्यक्षमा कमला बाँठा, कोषाध्यक्षमा दिलमाया घर्ती, सचिवमा अमरबहादुर महतारा, सहसचिवमा हिरासिंह विक र अन्य सदस्यहरु रहेका छन् । कपुरकोट गाउँपालिकाका ६ वटै वडामा रहेका मुल समितिबाट सञ्जालमा सहभागिता छ ।

त्रिवेणी गाउँपालिकामा पनि प्रेम कुमारी वस्नेत अध्यक्ष रहेको १३ सदस्य समाज नजजागरण केन्द्रको समिति गठन गरिएको छ । जसको उपाध्यक्षमा मिना डाँगी, कोषाध्यक्षमा मेघराज डाँगी, सचिवमा पुजा भण्डारी, सहसचिवमा पवित्रा राना र अन्य सदस्यहरु छन् ।

जेष्ठ सदस्य चेतुलाल सुनारको अध्यक्षतामा भएको कार्यक्रममा कपुरकोट गाउँपालिकाका अध्यक्ष दुर्गाबहादुर पुनले सञ्जाललाई सक्रियताका साथ लैजानुपर्ने बताए ।

स्थानीय स्तरमा रहेका वास्तविक समस्याको पहिचान र समस्या समाधानका लागि सञ्जालको महत्वपूर्ण भूमिका हुने भन्दै सञ्जाललाई गाउँपालिकाबाट आवश्यक सहयोग रहने उनले बताए ।

सुशासन प्रवद्र्धन र समग्र पालिकाको विकासका लागि सञ्जालले महत्वपूर्ण भुमिका निर्वाह गर्नुपर्ने बताउँदै त्रिवेणी गाउँपालिकाका अध्यक्ष खिमबहादुर रावतले समृद्धि हाँसिल गर्नका लागि पालिकाले नागरिक समाज, युवा वर्ग लगाएत सबैसंग सहकार्य गर्दै अघी बढ्ने बताए ।

प्रकाशित मिति : २०७९ साउन २३ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *