२०८१ साउन ६ गते आइतवार

दाङ र रुकुममा १९ वटा झुलुङ्गे पुल निर्माण,थप २७ वटा निर्माणाधिन

दाङ, साउन २२ । दाङ र रुकुममा गरि गत आर्थिक वर्षमा १९ वटा पुल निर्माण भएका छन । पुल निर्माणको काम गर्दै आएको सेवा प्रतिष्ठान नेपाल केन्द्रीय कार्यालय दाङका अनुसार ३ जिल्लामा १९ वटा पुलहरू निर्माण भएका हुन ।


दाङ, रुकुम पूर्व र रुकुम पश्चिमका जिल्लामा बितेको आर्थिक बर्षमा १९ वटा झुलुङ्गे पुल क्षेत्रगत कार्यक्रम अन्तर्गत निर्माण गरिएका हुन । हाल रोल्पासहित चार जिल्लाहरुमा थप २७ वटा पुलहरू निर्माणाधिन अवस्थामा रहेको प्रतिष्ठानका अध्यक्ष डा.नहकुल केसीले जानकारी दिए ।


उनका अनुसार रुकुम पूर्वमा १२ वटा, दाङमा १४ वटा र रोल्पामा एउटा झुलुङ्गे पुल निर्माणाधिन अबस्थामा छ । प्रतिष्ठानले गरेको वार्षिक योजना तर्जुमा कार्यक्रममा अध्यक्ष केसीले ती पुलहरू निर्माण भएपछि हजारौँ नागरिकलाई आवात जावात र बस्तु डुवानीमा सहज हुने आशा ब्यक्त गरे ।


पुल नहुँदा वर्षायाममा बाढीको डर त्रासका नागरिकले यात्रा गर्दै आएको भएयता पनि पुल निर्माण भएपछि त्यो समस्या अन्त्य हुने आशा उनले ब्यक्त गरे । उनले आफ्नो संस्थाले दाङ, रोल्पा, प्यूठान, रुकुमका दुई जिल्लामा पनि झुलुङ्गे पुल निर्माण गरेको बताए ।


गत आर्थिक वर्ष दाङमा पुल निर्माणको लागि ३ करोड २० लाख र रोल्पाको लागि ३५ लाख बजेट आएको थियो । रुकुम पूर्वमा पुल निर्माणको लागि गत आर्थिक वर्षमा २ करोड २५ लाख र पश्चिम रुकुमका लागि १ करोड ६५ लाख बजेट आएको थियो ।

संस्थाले सल्यानमा कृर्षि क्षेत्रमा पनि काम गर्न लागेको डा। केसीले जाकारी दिए । उनले दाङका १० स्थानीय तह मध्य बबई गाउँपालिका र राजपुर गाउँपालिकालाई प्राथामिकता राखेर काम गरेको उल्लेख गरे ।

ती स्थानीय तह अन्य भन्दा विकट क्षेत्र हुनु र त्यहाँ पुलहरूको अति आवश्यक रहेको हुँदा प्राथामिकताका आधारमा काम गरिएको बताए । स्थानीय सरकारसँग सहकार्य गरेर आवश्यकताका आधारमा पुल निर्माणको काम गर्दै आएको उनले जानकारी दिए ।

दाङमा गत आर्थिक वर्षमा घोराही उपमहानगरपालिका भित्र दुई वटा, बबई गाउँपालिकामा दुई वटा र तुलसीपुरको पातुखोलामा अटोरिक्सासमेत चलाउने मिल्ने एउटा पुल निर्माण गरेको संस्थाका प्राविधिक दिपेश गौतमले जानकारी दिए ।

दाङको राप्ती गाउँपालिकामा एउटा, लमही नगरपालिकामा एउटा, गढवा गाउँपालिकामा एउटा, राजपुर गाउँपालिकामा दुई कवटा, बंगलाचुली गाउँपालिकामा दुई वटा, तुलसीपुर उपमहानगरमा दुई वटा, शान्तिनगर गाउँपालिकामा एउटा , दंशीशरण गाउँपालिकामा एउटा , बबई गाउँपालिकामा तीन वटा झुलुङ्गे पुल निर्माणाधिन अवस्थामा रहेको संस्थानले जानकारी दिएको छ ।
त्यस्तै रोल्पाको सुनिल स्मृति गाउँपालिकामा एउटा झुलुङ्गे पुल निर्माणाधिन अवस्थामा रहेको छ । चालु आर्थिक वर्षमा २२ वटा झुलुङ्गे पुल निर्माणको लागि बजेटमा समावेश भएर आएको संस्थाका पदाधिकारीले जानकारी दिएका छन् ।


चालु आर्थिक वर्ष दाङमा पुल निर्माणको लागि तुलसीपुरमा ३० लाख, घोराहीमा २० लाख, लमहीमा ३० लाख, राजपुरमा ८० लाख, गढवामा ३० लाख, राप्ती गाउँपालिकामा ३० लाख, बंगलाचुलीमा ३५ लाख, दंगीशरणमा २० लाख, शान्तिनगरमा १५ लाख र बबई गाउँपालिकामा ९५ लाख गरि ३ करोड ८५ लाख बजेट आएको पनि उनले बताए ।


त्यस्तै रुकुम पूर्वमा गत आर्थिक वर्षमा दूई वटा र पश्चिम रुकुममा १२ वटा झुलुङ्गे पुल निर्माण सम्पन्न भएको र पूर्वी रुकुममा १२ वटा पुलहरू निर्माणाधिन रहेको जिल्लाका कार्यक्रम संयोजक रणविर रावलले जानकारी दिए ।


उनका अनुसार चालु आर्थिक वर्षमा रुकुम पूर्वमा १२ वटा र पश्चिम रुकुममा १६ वटा झुलुङ्गे पुलको लागि बजेट समावेश भएको छ । उल्लेखित सबै पुलहरू निर्माणको काम सकिए त्यहाँका नागरिकको जिवन यापन थप सहज हुने अपेक्षा गरिएको छ । पुल नुहँदा एक ठाउँबाट अर्कौ ठाउँ पुग्न घन्टौ लाग्ने भएपनि पुल निर्माण पछि थोरै समयमा पुग्न सकिने हुँदा स्थानीय खुसी बन्ने गरेको रावलले बताए ।


संस्थाका प्राविधिक गौतमले स्थानीय तहमा पुल निर्माणको काम गर्दा धेरै समस्या भोग्नु परेको गुनासो गरे । रकम निकासी, सामुदायिक सम्झौता मात्रै नभएर स्थानीय तहले उचित समन्वय नगर्ने गरेको गौतले बताए ।

समयमा योजना कार्यान्वयन नगर्ने र समयमै स्टील पार्ट टेन्डर तथा खरिदमा स्थानीय सरकारले चासो नदिंदा पुल निर्माणमा ढिलाई हुने गरेको उनको भनाई थियो ।

प्रकाशित मिति : २०७९ साउन २२ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *