२०८२ असार ९ गते मङ्गलवार

मनकारी बिमल रिजाल र विनिल केसीले नेपालीलाई ह्विलचियर किनेर घरमै लगिदिए

तुलसीपुर,साउन २१ । नेपाली कांग्रेसका युवा नेता तथा सामाजिक अभियान्ता बिमल रिजाल र बिनिल केसीले एक जना अपाङ्गता भएका ब्यक्तिको सहयोगका लागि ह्विलचियर किनेर दिएका छन् ।

तुलसीपुर उपमहानगरपालिका वडा नं.१९ रनियापुर निवासी अपांगता भएका पूर्णबहादुर नेपालीको घरमै पुगेर काँग्रेस महाधिबेशन प्रतिनिधि रिजाल र काँग्रेस तुलसीपुरका उपसभापति केसीले शुक्रबार ह्विलचियर प्रदान गरेका हुन ।


ह्विलचेयर वितरण पछि आँफुहरुको सानो सहयोगले नेपालीको जीवन थप सहज र सरल बन्ने अपेक्षा गरेको तुलसीपुरका प्रतिष्ठित ब्यबसायी समेत रहेका रिजालले प्रतिक्रिया दिए ।

‘ हेर्दा सामान्ने कुरा जस्तो देखिएपनि हाम्रो सानो सहयोगले उहाँको जीवन यापन थप सहज हुने विश्वास गरेका छौं,’ रिजालले थपे ‘ समाजमा रहेका नेपाली जस्ता अन्य ब्यक्तिहरुको जीवन सहज वनाउन समाजका सबैले हातेमालो गर्न आवश्यक छ ।’

नयाँ ह्विलचेयर प्राप्त गरेका नेपालीले दाताहरु रिजाल र केसी जस्ता मनकारी अन्य ब्यक्तिहरुपनि समाजमा थपिदै जान जरुरी रहेको भन्दै धन्यबाद ज्ञापन गरेका थिए ।

नेपाली कांग्रेस तुलसीपुर उपमहानगरपालिका वडा नं. १९ का सभापति पदम वलीको आग्रहमा बिपन्न परिवारका अपांगता भएका नेपालीलाई मिलेर रिजाल र केसीले आफ्नो ब्यक्तिगत सहयोगबाट नयाँ ह्विलचेयर किनेर प्रदान गरेका हुन ।


नेपालीका लागि ह्विलचेयर १५ हजारमा खरिद गरिएको दाताहरुले बताएका छन् । त्यस अवसरमा नेपाली कांग्रेस दाङका जिल्ला सदस्य गौरव आचार्य, तुलसीपुर १९ का सभापति पदम वलि लगाएतको सहभागीता थियो ।

प्रकाशित मिति : २०७९ साउन २१ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *