दाङ, साउन २० । बिप्लव नेतृत्वको नेकपा माओबादी सल्यानका नेता लोकपाल केसीको मृत्यु प्रकरण अनुसन्धानका लागि प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
सल्यानको छ्त्रेश्वरी गाउँपालिका वडा नं. ४ झिम्पेका ५३ बर्षीय लोममान बिहीबार बिहान साढे ९ बजेतिर बागचौर ननगरपािलका वडा नं. १० शिवगुफा नजिकै धान खेतमा मृत अवस्थामा फेला परेका थिए ।
घटना पछि लोकपालका छोरा लोकेशकुमार खत्रीले छत्रेश्ववरी गाउँपालिका वडा नं. १ का ४० टोपबहादुर खत्रीले कर्तब्य गरि बुवा लोकमानको हत्या गरेको आशंकासहित जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएका थिए । सोही जाहेरीका आधारमा टोपबहादुरलाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख डिएसपी सुमित खड्काले जानकारी दिए ।
जिल्ला अदालत सल्यानबाट घटना अनुसन्धानका लागि टोपबहादुरलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न म्याद थप भइसकेको छ ।
प्रहरीका अनुसार शिवगुफा सामुदायिक वन भित्रको गोरेटो बाटोदेखि ३५ मिटर तल खेतमा घोप्टो अबस्थामा लोकमान मृत अवस्थामा फेला परेका थिए ।
प्रहरीले भने भिरबाट लडेर उनको मृत्यु भएको हुन सक्ने आशंका ब्यक्त गर्दै आएको छ ।