२०७९ साउन २७ गते शुक्रवार

लमहीका जनताले तुलसीपुर आएर किन कर तिरिरहेका छन ?

तुलसीपुर, साउन २० । दाङको दंगीशरण गाउँपालिकामा आयोजित जिल्ला भरका जनप्रतिनिधिको भेलामा लमही नगरपालिकाकी उपप्रमुख लक्ष्मी योगीले आफ्ना ठाउँका जनतलो आजपनि तुलसीपुर उपमहानगरपालिकामा आएर कर बझुाउने गरेको भन्दै बिरोध जनाएकी थिइन ।

‘नागरिक हाम्रा, कर, राजशव अन्तै, हामीलाई चित्त बुझेको छैन,’ योगीले भनेकी थिइन ‘यो प्रदेश वा केन्द्र कहाँको समस्या हो ? यदी केन्द्रकै कारण समस्या हो भनेपनि हामी केन्द्रमा जान पनि तयार छौं।’

जिल्ला भरका पालिकाका प्रतिनिधिहरुलाई एकै ठाउँमा भेला गराइ अनुभव आदान प्रदान गर्ने तथा समन्वयको वातावरण निर्माण गर्ने भनेर जिल्ला समन्वय समितिले जिल्लामा यस्तो कार्यक्रम पहिलो पटक आयोजना गरेको थियो ।
लमहीकी उपमेयर योगीको कुराले सबै एक छिन अलमल परे । मुखामुख गरे । तर, कुरा सत्य थियो ।

लमही नगरपालिका वडा नं.९ अमेलीया बजार क्षेत्रका स्थानीय सर्वसाधारणको कर अहिले पनि तुलसीपुर उपमहानगरपालिकाले उठाउँदै आएको छ । साविकको फूलवारी गाविसमा रहेको अमिलिया अहिले लमही नगरपालिकामा गाभिएको छ ।

फूलबारी अहिले तुलसीपुर उपमहानगरपालिका वडा नं. १३ मा पर्छ । अमेलिया बजार लमही नगरपालिका वडा नं। ९ अन्तरगत पर्छ । नियमले लमहीको कर लमहीले नै उठाउनु पर्ने हो ।

तुलसीपुरले उठाउन नमिल्ने हो ?
लमही नगरककी मेयर लक्ष्मी योगीले उठाएको समस्या समाधानको उपाय के हुन सक्छ ?

मालपोत कार्यालय तुलसीपुरका प्रमुख खेमराज शर्माले साविक फूलवारी गाविस वडा नं. ९ र ५ का केही नागरिकले अहिले सम्मपनि तुलसीपुरमा घर बहाल वा जग्गाको कर बुझाउँदै आएको जानकारी दिए ।


एकीन तथ्याङ्क नरहेपनि झन्डै जति ४० घर परिवारले आजसम्म तुलसीपुरमा राजश्व बुझाउँदै आएको अनुमान गरे । २०७४ साल मंसिरदेखि लमहीमा मालपोत कार्यालयले सेवा दिदै आएको छ ।


त्यसो भए समस्या समाधानको उपाय के हुन सक्छ ?
मालपोत कार्यालय लमहीले नक्शा नम्बर र कित्ता नम्बरसहितको बिवरण माग गरि पठाएमा आँफुहरुले केही समय भित्रै पठाइदिने र त्यसपछि त्यसैका आधारमा लमहीले उनीहरुबाट राजश्व संकलन गर्न सुरु गर्न सक्ने प्रमुख शर्माले स्पष्ट पारे ।

लमही मालपोतबाट त्यसबारे कुनै चासो नराख्नु जस्ता कारणहरुले गर्दा लमहीका नागरिक मालपोत बुझाउन तुलसीपुर आउनु परेको शर्माले जानकारी दिए ।

मलपोत कार्यालय लमहीले नक्शा विवरण र कित्ता नम्बरसहितको विवरण मागे त्यो सबै खोज तलास गरि एकाध महिनामा लमहीमा पठाउन सकिने र त्यसपछि लमहीले नै राजश्व उठाउन सक्ने उनले स्पष्ट पारे ।

प्रकाशित मिति : २०७९ साउन २० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published.