२०८१ बैशाख १८ गते मङ्गलवार

ट्राफिक कार्यालयलाई १६ थान मोटरसाइकल सहयोग

रुपन्देही साउन १९ । लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालयलाई प्रदेश सरकारले १६ थान मोटरसाइकल सहयोग गरेको छ ।

नागरिकको सहयोगका लागि दिनरात नभनी ट्राफिक प्रहरीहरु खट्नुपर्ने भएकाले प्रदेश सरकारले सो सामग्री सहयोग गरेको जनाएको छ ।

ट्राफिक प्रहरी इलाका कार्यालय बुटवलमा बिहीबार आयोजित कार्यक्रममा आन्तरिक मामिला, कानुन तथा सञ्चारमन्त्री तिलकराम शर्माले १६ थान मोटरसाइकल ट्राफिक प्रहरीका प्रमुख नलप्रसाद उपाध्यायलाई हस्तान्तरण गरेको मन्त्रालयका सचिव कोमलप्रसाद धमलाले जानकारी दिए ।

सहयोग गरिएको सो मोटरसाइकल आवश्यकताअनुसार जिल्ला कार्यालयहरुलाई वितरण गर्ने प्रदेश ट्राफिक कार्यालयले जनाएको छ ।

मन्त्रालयले ४४ लाख ९४ हजार ४ सय मूल्यमा ती मोटरसाइकल खरिद गरी प्रहरीलाई प्रदान गरेको मन्त्रालयका सचिव धमलाले जानकारी दिए ।

मोटरसाइकल हस्तान्तरण कार्यक्रममा सञ्चारमन्त्री शर्माले प्रहरी जनताको साथी भएकाले जनताकै रेखदेखमा सहयोग पुग्ने आशासहित मोटरसाइकल सहयोग गरिएको बताए ।

ट्राफिक प्रहरीको कामलाई प्रभावकारी बनाउनमा सहयोग पुग्ने विश्वास पनि उनले गरे ।

सो अवसरमा प्रहरी प्रमुख उपाध्यायले आवश्यक सामग्री मोटरसाइकल सहयोग गरेकोमा प्रदेश सरकारलाई धन्यवाद व्यक्त गरे ।

सो सामग्री आवश्यकताअनुसार जिल्ला ट्राफिक कार्यलयलाई वितरण गरिने पनि उनले जानकारी गराए ।

प्रकाशित मिति : २०७९ साउन १९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *