२०८१ बैशाख १८ गते मङ्गलवार

लागुऔषधसहित दुई जना पक्राउ

नेपालगञ्ज,साउन १९ । भारतबाट लागुऔषध नाइट्रोजन ट्याब्लेट बोकेर आएका दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

रा १ प ३१२१ नम्बरको मोटरसाइकलमा रहेका जाजरकोटका गोविन्द नेपाली र विनोद रावल तीन सय पिस नाइट्रोजन ट्याब्लेटसहित पक्राउ परेका हुन्।

मोटरसाइकलमा सवार नेपालीको साथबाट ट्याब्लेट बरामद भएको थियो। मोटरसाइकल रावलले चलाएका थिए।

सीमावर्ती भारतीय शहर रुपैडिहामा सहजै पाइने नाइट्रोजन ट्याब्लेटलगायत लागुऔषध लिन आसपासका जिल्लाका युवाहरु आउने गरेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २०७९ साउन १९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *