२०८२ चैत्र १ गते आइतवार

बलात्कार मुद्दा परेपछि माओबादी नेता बिष्णु शर्मा फरार


तुलसीपुर, साउन १८ । युवतिमाथि बलात्कार मुद्दा परेपछि दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. ३ डाँडाखुटी निवासी ३८ बर्षीय बिष्णु शर्मा फरार भएका छन् ।

डाँडाखुटीमा घर भइ हाल वडा नं. ९ बेलुवामा बस्दै आएका शर्मा नेकपा माओबादी केन्द्र तुलसीपुर – ३ नम्बर वडा कमिटीका सचिव हुन ।

तनुहँकी एक २४ बर्षीया युवतिलाई हनी ट्रयापमा पारेर होटेलमा बलात्कार गरेको अभियोग पछि शर्मा फरार भएका छन् ।

साउन १२ गते तुलसीपुरस्थित एक होटेलमा शर्माले ती युवतिमाथि जवरजस्ति बलात्कार गरेको मुद्दा दर्ता भएपछि उनी फरार रहँदै आएको जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले फरककोणलाई बताए ।

शर्मा ज्यान तथा लागु औषध मुद्दामा १६ बर्ष काराबास सजाए भोगेर एक डेढ बर्ष पहिले मात्रै आममाफी पाएर छुटेका ब्यक्ति रहेको प्रहरीले जानकारी दिएको छ ।

नारायणघाट कारागारमा रहेका आफ्नी प्रेमीलाई छुटाइदिने आश्वासन दिएर युवतिलाई तुलसीपुर बोलाइएको र शर्माले हनीट्रयापमा पारी बलात्कार गरेको तथ्य खुलेको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीले फरार शर्माको खोजी कार्य तीब्र पारिएको जनाएको छ ।

प्रकाशित मिति : २०७९ साउन १८ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *