२०८२ चैत्र १ गते आइतवार

शान्तिनगरमा ८ बर्षीया बालिका बलात्कृत,२९ बर्षे युवक पक्राउ

तुलसीपुर, साउन १८ । दाङको शान्तिनगरमा आठ बर्षीया बालिका माथि बलात्कार गरेको अभियोगमा २९ बर्षीय दाजु नाता पर्ने ब्यक्ति पक्राउ परेका छन् ।

शान्तिनगर गाउँपालिका वडा नं. ५ का २९ बर्षीय चमन विक बहिनी नाता पर्ने आठ बर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा पक्राउ परेका हुन । बालिका बलात्कार पछि उनी फरार रहेका थिए ।

फरार बिक बुधबार बिहान तुलसीपुर उपमहानगरपालिका वडा नं. १८ बिजौरी क्षेत्रबाट पक्राउ परेका थिए ।

बिकले बहिनी नाता पर्ने बालिकालाई आमा बुवा घरमा नभएको मौका छोपी मंगलबार दिउँसो मकै बारीमा लगेर बलात्कार गरेको उजुरीको आधारमा पक्राउ गर्नु परेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालले बताए ।

पीडित बालिकासहित उनका आमा बुवा इप्रका तुलसीपुरमा आरोपित बिक बिरुद्ध किटानी जाहेरी लिएर आएको डिएसपी अर्यालले जानकारी दिए ।

पीडित बालिकाले मंगलबार राति सुत्ने क्रममा आफ्नो योनी दुखेको कुरा आमालाई भनेपछि उनीमाथि बालात्कार भएको तथ्य खुलेको थियो ।

अभिभावले घटना थाहाँ पाउना साथ मंगलबार राति नै इलका प्रहरी कार्यालय खिलतपुरलाई खबर गरेका थिए । लगत्तै त्यहाँबाट प्रहरी निरीक्षक मानबहादुर केसीको कमाण्डमा पाँच जना प्रहरी खोजीमा गएपनि बिकको फरार भइसकेका थिए ।


घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७९ साउन १८ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *