२०८२ चैत्र २ गते सोमवार

देउखुरीमा करेन्ट लागेर श्रीमान –श्रीमतिको मृत्यु


तुलसीपुर, साउन १६ । दाङको देउखुरीमा करेन्ट लागेर श्रीमान–श्रीमतिकोे एकै साथ मृत्यु भएको छ।

राप्ती गाउँपालिका वडा नम्बर २ का २८ वर्षीय बासु गाहा मगर र उनकी २५ वर्षीया श्रीमति हिमा गाहा मगरको करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय भालुवाङका प्रमुख प्रहरी निरिक्षक सुजनविक्रम शाहले सोमबार दिउँसो साढे १ बजेतिर उनीहरुको करेन्ट लागेर मृत्यु भएको जानकारी दिए ।

अब उनीहरुका तीन बर्षीय एक छोरा मात्रै बचेका छन ।

सुरुमा बासुकी भाउजु २७ वर्षीया भिमा गाहा मगरलाई कपडा सुकाउने क्रममा करेन्ट लागेको थियो ।

दुई वटा खामको बीचमा बाँधेको तारमा कपडा सुकाउन जाँदा उनलाई पोलमाथिबाट प्रवाह भएको करेन्टले छोएको थियो । त्यो देखेर देउरानी हिमा उनलाई बचाउन पुग्दा उनीपनि करेन्टको लपेटामा परेकी थिइन ।

त्यसपछि श्रीमति हिमालाई जोगाउन भनेर श्रीमान बासुले लाठीले तारमा प्रहार गर्दा त्यो तार चुडिएर उनको शरिरमा परेपछि उनको पनि करेन्ट लागेर मृत्यु भएको थियो ।

घटनास्थलको प्रकृति नियाल्दा पानी परिरहेको हुँदा पोल हुँदै टिनको पाताबाट करेन्ट प्रवाह भइ कपडा सुकाउन गएकी भिमालाई सुरुमा करेन्ट लागेको देखिएको प्रहरी निरिक्षक शाहले बताए ।

उनलाई बचाउन भनेर गएका श्रीमान–श्रीमतिको पनि एकैसाथ मृत्यु भएको छ । भिमा भने स्थानीय स्थानीय अस्पतालमा सामान्ने उपचार पछि घर फर्कि सकेकी छन ।

श्रीमान–श्रीमतिको शव पोष्टमार्टमका लागि लमही अस्पतालमा लगिएको छ ।

प्रकाशित मिति : २०७९ साउन १६ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *