देविराम कुसारी, तुलसीपुर, साउन १६ । तुलसीपुर उपमहानगरपालिका वडा नम्वर १४ का वडा अध्यक्ष शंकर खड्काले विद्यालयको जग्गा संरक्षण गर्न आफै हलो लिएर खेत जोतेका छन् ।
वालमितेरी माध्यमिक विद्यालयको जग्गा संरक्षणका लागि वडाध्यक्ष खड्काको नेतृत्वमा करिव पौन एक विघा खेतमा धान रोपिएको छ ।
विद्यालयको दर्ता श्रेस्ता रहेको खेतमा धान रोप्न स्थानीय चित्रबहादुर रेग्मीले रोक लगाएपछि विद्यालय र अभिभावकको संयुक्त निर्णय अनुसार खेतमा धान रोपिएको वडाध्यक्ष खड्काले बताए ।
केही वर्षदेखि विद्यालयले भोग चलन गर्दै आएको जग्गामा यो बर्ष रेग्मी परिवारले किसानलाई खेती गर्न रोक लगाए पछि विद्यालय परिवारले आँफै निर्णय गरेर वडाध्यक्षको नेतृत्वमा हलो जोतेर धान रोपिएको हो ।
शिक्षक जंगविर केसीले वडा नम्वर १५ मा पर्ने नक्सा नम्वर ७ क कित्ता नम्वर ३०४ र वडा नम्वर १४ को नक्सा ९ छ कित्ता नम्वर १७ को सीमा क्षेत्रमा पर्ने करिव पौने विगाह जग्गामा धान रोपिएको बताए ।

विद्यलय व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका वडाध्यक्ष खड्काले लामो समयदेखि सो जग्गा विद्यालयले भोगचलन गर्दै आएको र दर्ता भएको हुदा आफुहरुले विद्यालयको तर्फवाट जोतेको प्रतिक्रिया दिए ।
रेग्मी परिवार र विद्यालयका बीच उक्त जग्गा बारे विवाद रहेको रेग्मी परिवारका विश्वास रेग्मीले दाबी गरे ।
विद्यालयले भन्दा पहिला आफ्नो परिवारले भोगचलन गरेको र दर्ता प्रमाणपत्र समेत अफुहरुसंग रहेको हुँदा त्यो जग्गा आँफुहरुको भएको रेग्मीले दाबी गरे ।
खोत भोगचलनको निर्णय एकल नभएर विद्यालय तथा अभिभावकले गरेको हुदा जग्गा आफ्नो भएको प्रमान सहित रेग्मी परिवार आए विद्यालय मान्न तयार रहने अध्यक्ष खड्काले स्पष्ट पारे ।
धान रोपाई कार्यक्रममा विद्यालयका प्रधानाध्यपक ओमप्रकास वली, लेखापाल चुर्णबहादुर वस्नेत, हिमलाल चौधरी, शिक्षक सन्तोष परियार, स्थानीय अग्रज तथा समाजसेवी महाविर चौधरी लगाएत स्थानियवासीको सहभागिता रहेको थियो ।
खड्का नेपाली काँग्रेसका नेता हुन ।