२०८२ जेष्ठ ११ गते शुक्रवार

दाङमा खोलाले बगाउँदा १७ बर्षीया किशोरीको मृत्यु,अर्का युवक घाइते

तुलसीपुर ,साउन १६ । दाङमा खोलाले बगाउँदा एक किशोरीको मृत्यु भएको छ । अर्का एक युवक घाइते छन् ।

काठमडौं महाराजगंजकी १७ बर्षीया सुनिता बुढा मगरको सोमबार दिउँसो बंगलाचुलीस्थित स्याला खोलाले बगाउँदा मृत्यु भएको छ ।
त्यस्तै घोराही उपमहागनरपालिका वडा नं. १४ का २१ बर्षीय हिकमत बुढा मगर घाइते भएका छन् । उनको अवस्था सामान्ने रहेको तथा घुँडाहरुमा चोट रहेको जिल्ला प्रहरी प्रबक्ता डिएसपी मुकुन्द रिजालले जानकारी दिए ।

डिएसपी रिजालका अनुसार उनी दाङ घोराहीस्थित दिदीको घरमा आएको समयमा साथीहरु संगै घुम्न भनेर बंगलाचुली गाउँपालिका गएकी थिइन ।

सोमबार दिउँसो दूई वटा मोटरसाइकलमा चार जना जिल्लाको पहाडी क्षेत्र बंगलाचुली गाउँपालिकाको मर्फेस क्षेत्र घुम्न जाँदा पानी पर्न थालेपछि उनीहरु बीच बाटोबाटै फर्किएका थिए । फर्किने क्रममा एउटा मोटरसाइकलले खोला पार गरेपनि एउटा अर्कौ मोटरसाइकल तर्ने क्रममा बंगलाचुली – २ स्थित स्याला खोलामा बाढी तर्ने क्रममा बग्न पुगेको डिएसपी रिजालले बताए ।

पछाडि बाट बाइक ढकल्दै गरेकी सुनिता बगेपछि संगै गएका युवाले उद्धारको प्रयास गरेपनि सफल नभएपछि बल्ल पौने चार बजेतिर प्रहरीलाई उनीहरुले सूचना दिएका थिए ।
सुनिताको शब घोराही उपमहानगरपालिका वडा नं.१८ स्थित सिस्ने खोला पुल नजिक फेला परेको प्रहरीले जानकारी दिएको छ ।
बगेको मध्य रा ३ प ५०६३ नम्बरको मोटरसाइकल मात्रै यो खबर तयार पार्दासम्म खोलामा फेला परेको प्रहरीले जानकारी दिएको छ । अर्कौ मोटरसाइकलको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०७९ साउन १६ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *