दाङ, साउन १६ । बाँके प्रहरीले लागु औषध मुद्दाका एक जना फरार प्रतिबादीलाई पक्राउ गरेको छ ।
बाँकेको कोहलपुर नगरपालिका वडा नं. ९ घर भइ खजुरा गाउँपालिका वडा नं.४ बस्दै आएका ३५ बर्षीय मोहन गिरी पक्राउ परेका छन् ।
जिल्ला प्रहरी प्रबक्ता डिएसपी मधुसुदन न्यौंपानेका अनुसार बाँके जिल्ला अदालतले गिरीलाई लागु औषध मुद्दामा गत चैत ९ गते दुई महिना नौं दिनको कैद फैसला सुनाएको थियो ।
सोमबार पक्राउ पछि गिरीलाई अदालतमा पेश गरिएको र अदालतको आदेशले तोकिएको सजाए भुक्तानका लागि कारागार पठाइएको प्रहरीले जानकारी दिएको छ ।
प्रकाशित मिति : २०७९ साउन १६ गते सोमवार