२०८२ कार्तिक २२ गते शनिवार

नयाँ भर्ना हुने विद्यार्थीलाई पोशाक निशुल्क

घोराही, साउन १६ । दाङ घोराहीको भरतपुरस्थित सरस्वती माध्यमिक विद्यालयले नयाँ भर्ना हुन आउने विद्यार्थीलाई निशुल्क पोशाक प्रदान गर्न थालेको छ ।


घोराही उपमहानगरपालिका वडा नं. १५ को वडा कार्यालयले विद्यालयमा भर्ना हुन आएका सवै नयाँ विद्यार्थीलाई पोशाक निशुल्क रुपमा दिएको विद्यालयमा प्रधानाध्यापक बसन्ता पौडेलले जानकारी दिइन ।

चालु शैक्षिक बर्षमा विद्यालयमा भर्ना हुन आएका करिव २ सय नयाँ विद्यार्थीलाई पोशाक निशुल्क रुपमा दिने ब्यवस्था वडा कार्यालयले गरेको वडा अध्यक्ष रमेशकुमार पाण्डेले बताए । 

पोशाकको कपडा र सिलाईसमेत गरि सरदर एक जना विद्यार्थीलाई एक हजार दुई सय रुपंैयाका दरले पोशाक वाापत सहयोग गरिएको वडा अध्यक्ष पाण्डेले जानकारी दिए ।


विद्यालयमा एक कार्यक्रमका बीच सोमबार नयाँ विद्यार्थीलाई पोशाक वितरण गरिएको छ ।


वडा अध्यक्ष पाण्डे र विद्यालयका प्रधानाध्यापक पौडेलले संयुक्त रुपमा विद्यार्थीलाई पोशाक प्रदान गरेर कार्यक्रमको सुरु गरेका थिए ।

प्रकाशित मिति : २०७९ साउन १६ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *