२०८३ भाद्र ११ गते बिहिवार

सेवा केन्द्रका इञ्चार्जको बिदाई तथा स्वागत

घोराही, साउन १६ । सामुदायिक प्रहरी सेवा केन्द्र घोराही दाङको ईञ्चार्जको बिदाई तथा स्वागत कार्यक्रम सोमबार भएको छ ।

केन्द्रले एक कार्यक्रमको आयोजना गरि एक बर्षसम्म कार्यरत रही सरुवा भएर जान लागेका प्रहरी सहायक निरिक्षक दीपक शर्मालाई बिदाई र केन्द्रको नयाँ ईञ्चार्जमा आएका प्रहरी सहायक निरीक्षक दीपक थापालाई स्वागत गरेको हो ।

सामुदायिक प्रहरी सेवा केन्द्र घोराही दाङका अध्यक्ष आरके।सितलको अध्यक्षतामा कार्यक्रममा भएको हो ।

वक्ताहरुले बिदाई भएर जान लागेका शर्माले केन्द्रमा रहँदा सामाजिक अपराध विरुद्धको सचेतना कार्यक्रममा पु¥याएको योगदानको चर्चा गरेका थिए ।

त्यस्तै नयाँ ईञ्चार्ज थापालाई समाजप्रति उत्तरदायी बनेर सेवा भावले कार्य सम्पादन गर्न शुभकामना बक्ताहरुले दिएका थिए ।

कार्यक्रममा केन्द्रका यसअघिका अध्यक्ष विष्णु पुन, केन्द्रका सल्लाहकार दीपक शर्मा, सहसचिव मौसम आचार्य, कोषाध्यक्ष जिवन वली, सदस्यहरु सरस्वती सुवेदी, देविराम न्यौपाने, प्रहरी जवान बिनोद आचार्य लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

प्रकाशित मिति : २०७९ साउन १६ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *