२०८२ चैत्र २ गते सोमवार

ट्रक खरिद गरेको ऋण तिर्न नसकेपछि ट्रकधनीको हत्या

बुटवल, साउन १६ । रुपन्देही जिल्लाको सैनामैना नगरपालिका ६ कलौनी बस्ने ४३ बर्षीय कुलचन्द्र गौतमले ऋण तिर्न नसकेपछि ट्रक व्यवसायी विष्णुबहादुर पाण्डेको हत्या गरेका छन ।

गौतमले पाण्डेसंग लु.१ ख.७७८१ नम्बरको ट्रक १६ लाखमा पछि पैसा दिने सर्तमा खरिद गरि पास लिएका थिए ।

ऋण तिर्न नसकेपछि गौतमले पाण्डेलाई पहाड घर अर्घाखाँचीको पाणिनी गाउँपालिका २ डाँडाँकटेरीस्थित सिद्ध सामुदायिक वनमा कालिज मार्न भनि लिएर गएको र योजनाबद्ध रुपमा पछाडिबाट रडले प्रहार गरि हत्या गरेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक ठगवहादुर केसीले गौतमले पाण्डेलाई रडले प्रहार गरि अचेत बनाएपछि भीरबाट खसाली दिएका थिए ।

प्रहरीका अनुसार हत्या गर्न प्रयोग गरिएको रड गौतमले बुटवलको मैनाबगरमा सञ्चालन गरेको जय मोटरपार्टसमा लुकाई राखेको अवस्थामा बरामद भएको छ ।

त्यसअघि साउन ९ गते अर्घाखाँचीको पाणिनी गाउँपालिका २ घर भई हाल रुपन्देहीको सैनामैना ६ कलौनी बस्ने दिपक भनिने कुलचन्द्र गौतमलाई ट्रक पास गरिदिने भन्दै पाण्डे घरबाट निस्केका थिए ।

त्यसयता उनी घरमा नआएपछि साउन ११ गते उनकी छोरी सिला पाण्डेले बुबा बेपत्ता भएकोले खोजी गरिदिन भन्दै प्रहरीको निवदेन दिएकी थिइन ।

प्रकाशित मिति : २०७९ साउन १६ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *