दाङ, साउन १६ । मध्य रातमा थुनामा रहेकी महिलालाई आफ्नो कोठामा लैजाने इलाका प्रहरी कार्यालय कोहलपुरका असई प्रविण चौलागाईं निलम्बित भएका छन् ।
मुद्दा शाखामा कार्यरत असई चौलागाईंले शुक्रबार बिहान २ बजे बहुबिवाह मुद्दामा पक्राउ पछि इप्रका कोहलपुरको थुनामा रहेकी एक महिलालाई निकालेर आफ्नो कोठामा पु¥याएका थिए ।
त्यसपछि थुनामा रहेका अन्य ब्यक्तिहरुले होहल्ला गर्दै बिरोध जनाएका थिए ।
शनिबार पीडित महिलाले आफ्ना आमा बुवाको साथ जिल्ला प्रहरी कार्यालय नेपालगन्जमा गएर असई चौलागाईं बिरूद्ध बलात्कार मुद्दा दर्ता गराएकी थिइन । जो साउन ११ गते बहुबिवाह मुद्दामा पक्राउ परेकी थिइन ।
असईं चौलागाईंले सोधपुछको वाहानामा मध्य राति आफ्नो कोठमामा पु¥याई आँफुलाई यौंन दुव्र्यवहार तथा बलात्कारको प्रयास गरेको पीडितको जाहेरीमा उल्लेख छ ।
प्रहरीले सोमबारपनि आरोपित चौलागाईं अदालतमा उपस्थित गराउँदै छ । यसअघि जिल्ला अदालत बाँकेले चौलागाईंलाई ५ दिन थुनामा राखेर अनुसन्धान गर्न दिएको म्याद सकिएको हुँदा फेरि म्याद थपका लागि अदालतमा लैजान थालेको हो ।
बाँके जिल्ला प्रहरी प्रवक्ता डिएसपी मधुसुदन न्यौंपानेले प्रहरी आचरण बिपरितका कार्य गरेका चौलागाईंलाई हाल थुनामा राखेर घटना अनुसन्धान भइरहेको जानकारी दिए ।